CIT 2195 0 MLBS 1532.3 -86.7 MEHL 380.1 -19.9 SCB 691.1 3.6 UNHPL 266 0 RSDC 735 0 SANIMA 326 -10.2 GUFL 735 5 STC 5908 9 NIBD2082 1099 0 NMBD87/88 1027 -3 JSLBB 1513.9 38.9 GIBF1 9.69 0.1 SBI 482.9 -6 KSBBLD87 1093.4 18.4 EBL 605 5 MKCL 1497 -26 SBCF 9 -0.2 NGPL 472 -2.9 RHGCL 388 0 CCBD88 1123.1 6.1 NIMBPO 176.9 -1.1 KBLD89 1156 1 LLBS 1050 5 SAPDBL 569.6 -7.4 NRM 426.1 -4.9 SHPC 525 -3.9 GBLBS 738 -10 MMF1 8.98 0.1 SMATA 875 -16 GFCL 1051.1 6 HPPL 316.3 -3.6 SAEF 11.22 0.17 KRBL 613 0 SINDU 667 -6 SPHL 666.9 16.9 VLUCL 588 -1.9 SAGF 9.31 0.01 SBD87 1048 11.9 MPFL 751 5
×
एमाले अध्यक्ष ओलीको प्रश्नः प्रचण्ड मान्छे हुन् कि पुतली ?



एमालेका अध्यक्ष केपी ओलीले माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दोहोरो चरित्रका कारण देशमा संकट आएको बताए ।

पुतलीको चिनियाँ कथा सुनाउँदै उनले प्रचण्डको चरित्र पनि छुट्याउनै नसक्ने खालको भएको बताए । त्यसअघि उनले चिनियाँ कथा सुनाए । चिनियाँ एउटा कथा छ, एउटा पुतली उड्दै रस चुस्दै गयो । टन्न अघाएर डालीमा बस्दा निदाएछ । निदाउँदा उसले मान्छेको सपना देखेछ । युवा हुर्केर केटीसँग बिहे गरेछ । जागिर खाएछ, छोराछोरी भएछ । अनेक काम गर्दै गएछ । त्यतिबेलै पानीको थोपो परेछ र झल्याँस्स ब्युँझिएछ ।

अनि अघिको सपना रहेछ म त पुतली रहेछु भन्ने थाहा पायो । पुतली भयो फेरि उड्यो, अर्को पुतली भेट्यो । जिन्दगी रमाइलोसँग बित्दै थियो, फेरि श्रीमतीले छिटो उठ बुढा भनेर बोलाईछे । ऊ अलमलमा परेछ । म पुतली हो कि मान्छे ?

कथा सुनाएपछि ओलीले भने, ‘प्रचण्डले २९ सेप्टेम्बरमा पाँच महिनामा एमसीसी पास गर्छु भनेर संयुक्त पत्र पठाएका छन् । अस्ति फेरि एमसीसी पास नगर्ने भनेका छन् । यो मान्छे हो कि पुतली हो ? कुन सहि हो, कुन गलत हो ?’

उनले एमसीसी पास गर्नका लागि पर्याप्त मत सरकारसँग रहेको भन्दै एमालेको नीति भने सुनाएनन् । ‘एक सय ६५ भोट सरकारसँग छ । एमसीसी पास गर्ने भनेको छ,’ उनले भने, ‘एमसीसीको बारेमा हामीले चिन्ता लिनुपर्दैन । एमाले देश र जनताको हितभन्दा बाहिर, कसैका धाकधम्कीका पछि लाग्दैन । देशको हितका पक्षमा के छ भन्ने कुरा छुट्याउन र बुझ्न सक्छ ।’

पोखरामा गण्डकी प्रदेशका अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको खुलेर विरोध गरे । ‘नाम हेर्‍यो नेकपा माके, काम हेर्‍यो कांग्रेसको पुच्छर । नाम हेर्‍यो पार्टी फुटाएर एकीकृत, काम हेर्‍यो कांग्रेसका पछि लागेर समाजवादी । यो स्थितिमा हामी छौं,’ ब्यंग्यात्मक शैलीमा उनले थपे ।

अर्को एक प्रसंगमा ओलीले गठबन्धन कुनै अवस्थामा पनि नटुट्ने बताएका छन् । एमसीसी पास गरेरै भएपनि गठबन्धन जोगाउने तयारीमा पाँच दल लागेको भन्दै ओलीले गठबन्धन कायम रहे पनि स्थानीय चुनावमा उठ्नै नसक्ने गरी पछार्ने चेतावनी दिए ।

‘यो गठबन्धन टुट्दैन, टुट्न हुँदैन । यो टुट्यो भने विचराहरू धुलोपिठो हुन्छ,’ उनले भने, हामी लड्न बोलाउँदा वान वाई वान होइन पाँचै दल आऊ भनेर बोलाउँछौं । ३० वैशाखमा उनीहरूलाई सात दिन नउठ्ने गरी पछार्छौं ।’ सरकारमा बस्नेहरुले नै कार्यकर्तालाई सडकमा उतारेर आफूविरुद्ध ढुंगा हान्न लगाएको उनको आरोप छ ।

‘एमसीसी माग्ने झलनाथ खनाल हिँड्दा केही गर्दैनन् । एमसीसी पास गर्ने भन्ने कांग्रेसका नेताहरू हिँड्दा केही गर्दैनन् । माओवादीलाई केही गर्दैनन्,’ उनको दुखेसो छ, ‘म हिँड्दा ढुंगा बर्साउँछन् । कुरा बुझिँदैन र ?’

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस