


पछिल्लो समय आईपीओमा लगानीकर्ताको आकर्षण बढेको छ ।
छोटो समयमानै कम लगानी गरेर आकर्षक प्रतिफल पाउने भएकाले सबैको आकर्षण बढेको छ । अझ लघुवित्तको आईपीओमा लगानीकर्ताको आकर्षण धेरै रहेको छ। १ हजारको लगानीमै ५० हजार सम्म कमाइ हुने भएको कारण लघुवित्तको आईपीओमा धेरैको आकर्षण रहको देखिन्छ।
हाल ३ वटा लघुवित्तले आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डसँग अनुमति मागेका छन्। सिवाईसी नेपाल लघुवित्त, आर्दश लघुवित्त वित्तीय संस्था र उपकार लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएका हुन् । आवश्यक प्रक्रिया पूरा गरेर बोर्डबाट स्वीकृति पाएपछि कम्पनीहरुले आईपीओ निष्कासन गर्नेछन् ।
आदर्श लघुवित्त वित्तीय संस्थाले आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । आदर्श लघुवित्तले आफ्नो जारी पूँजी २ करोडको ३० प्रतिशतले हुन आउने जम्मा रकम ६० लाख बराबरको जम्मा ६० हजार कित्ता शेयर सर्वसाधारणको लागि आइपीओ निष्काशन गर्न लागेको हो । आदर्श लघुवित्त वित्तीय संस्थाले आइपीओ निष्काशन तथा विक्रीका लागि बिओके क्यापिटललाई विक्री प्रबन्ध नियुक्त गरेको छ ।
सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । लघुवित्तले ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरकाे ३ लाख ९५ हजार ३३६ कित्ता शेयर निष्काशनको अनुमति माग्दै बोर्डमा आवेदन दिएको छ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।
उपकार लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । उपकार लघुवित्तले सर्वसाधणहरुलाई २ करोड ६६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ६६ हजार २५० कित्ता शेयर निष्काशन गर्नेछ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट क्यापिटल रहेको छ ।