×
Lagani
Lagani Shiksha gif
माओवादी नेताले भने– मलाई रक्सी खुवाएर एमाले प्रवेश गराइयो



डोटीको आदर्श गाउँपालिका माओवादी केन्द्रका उपाध्यक्ष रण नेपालीले आफूलाई रक्सी खुवाएर एमाले प्रवेश गराएको आरोप लगाएका छन् ।

६ फागुनमा आदर्श गाउँपालिकामा एमालेको कार्यक्रममा आफूलाई एमालेका कार्यकर्ताले रक्सी खुवाइ एमाले प्रवेश गराएको नेता नेपालीले गत शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । आफू एमालेमा नगएको र माओवादी केन्द्रमै रहेको भन्दै उनले आफूबाट भएको कमी कमजोरीप्रति क्षमा याचना गरेका छन् ।

Lagani Shiksha gif
sharehubapk माओवादी नेताले भने– मलाई रक्सी खुवाएर एमाले प्रवेश गराइयो

चुनावको मुखमा पार्टी फेर्दै स्थानीय तहका जनप्रतिनिधि

स्थानीय चुनावको मिति घोषणा भएपछि विभिन्न राजनीतिक दलका नेताहरू पार्टी फेरबदलमा लागेका छन् । चुनावमा टिकट हात पार्न र सम्भावित जित निकाल्न उनीहरूले पार्टी परिवर्तन गर्ने गरेका हुन् ।

रूपन्देहीका १६ स्थानीय तहमध्ये चार स्थानीय तहका प्रमुखले चुनावको मुखमा पार्टी परिवर्तन गरेका छन् । एक नगर प्रमुख र तीन गाउँपालिका अध्यक्षले पार्टी बदलेका हुन् । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुखसहित रोहिणी, ओमसतिया र सम्मरीमाई गाउँपालिका अध्यक्षले आफू आवद्ध पार्टी परित्याग गरी अर्को दलमा आवद्ध भएका हुन् ।

पार्टी फेरेका चारैजनाले फेरि पनि नयाँ पार्टीबाट स्थानीय तहमा उम्मेदवारी दिने योजना बनाएका छन् । ३ फागुनमा रूपन्देहीको रोहिणी गाउँपालिका अध्यक्ष सनोजकुमार यादव र ओमसतिया गाउँपालिका अध्यक्ष हीरा केवट एमाले प्रवेश गरे । अघिल्लो चुनावमा यादव संघीय समाजवादी फोरम र केवट माओवादी केन्द्रबाट निर्वाचित भएका थिए । नेकपा विभाजनपछि पनि केवट माओवादी केन्द्रमै सक्रिय थिए । उनीसँगै माओवादी केन्द्रबाट निर्वाचित ओमसतिया गाउँपालिका उपाध्यक्ष सुन्दरमतिकुमारी हरिजन पनि एमालेमा प्रवेश गरिन् ।

माओवादी केन्द्र ओमसतियाका अध्यक्ष गोविन्द केवट र माओवादी केन्द्र रोहिणीका अध्यक्ष प्रदीपकुमार पाण्डेय पनि चुनाव नजिकिँदै गर्दा एमाले प्रवेश गरे । पार्टीले दिने जिम्मेवारीको सुनिश्चिततासहित एमाले उपाध्यक्ष विष्णु पौडेल र सचिव छविलाल विश्वकर्माले बृहत् कार्यक्रममार्फत उनीहरूलाई पार्टी प्रवेश गराएका हुन् ।

रोहिणी गाउँपालिका अध्यक्ष यादवले मधेसी दलमा विचलन आएको र काममा सहयोग नभएकाले एमाले रोजेको बताए । ‘मधेसी दलमा सत्ता र स्वार्थ निकै बढ्यो । आफूहरू मन्त्री हुँदा पनि स्थानीय तहलाई हेरेनन् । रोहिणीका कुनै योजना कार्यान्वयनमा सघाएनन्,’ उनले भने, ‘त्यसैले एमाले रोजेको हुँ ।’ आफूसँगै तीन सय बढी कार्यकर्ताले दल परिवर्तन गरेको उनको दाबी थियो । उनका सहोदर दाजु प्रमोद यादव संघीय सांसद छन् । उनी नेपाली कांग्रेसबाट विजयी भएका थिए ।

स्वतन्त्रबाट चुनाव जितेका लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख मनमोहन चौधरी जसपामा प्रवेश गरेका छन् । स्वतन्त्र व्यक्तिले सधैं चुनाव जित्न र जनमत सिर्जना गर्न नसक्ने भएकाले पार्टी रोजेको उनले बताए । यद्यपि, जसपा रोज्नुअघि उनको नेपाली कांग्रेससँग पनि कुराकानी चलेको थियो । प्रदेशसभा सदस्य फकरुद्दिन खान उनीप्रति सकारात्मक नभएपछि उनी जसपातिर लागेको स्रोतको दाबी छ ।

जसपाबाट चुनाव जितेका सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला भने एमाले हुँदै माओवादी केन्द्रमा प्रवेश गरेका छन् । प्रदेशसभाको चुनावताका उनी एमालेमा प्रवेश गरेर आफ्नी पत्नीलाई प्रदेशसभा सदस्यमा उम्मेदवार बनाएका थिए । चुनाव हारेपछि उनले एमाले छोडेको र स्वतन्त्र भएको प्रचार गरे । यसपालि काठमाडौंमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट टीका लगाएर उनी माओवादी प्रवेश गरेका हुन् ।

स्थानीय तह प्रमुख चारैजनाले नयाँ पार्टीबाट पुनः उम्मेदवारी दोहो¥याउने गरी लबिइङ गरिरहेका छन् । सम्मरीमाई गाउँपालिका प्रमुख शुक्लाले आफूले अघि सारेका योजना पूरा गराउन पनि पुनः उम्मेदवारी जरुरी रहेको बताए ।
notice.png माओवादी नेताले भने– मलाई रक्सी खुवाएर एमाले प्रवेश गराइयो

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस