×
पहिलो दिननै राष्ट्र उत्थान लघुवित्तको आईपीओमा पर्यो १० गुणा बढी आवेदन , पर्ने सम्भावना कति ?



राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणकालागि  निष्काशन गरेको आईपीओमा आवेदनको ओहिरो लागेको छ।

आज साझ ५ बजे सम्म कम्पनीको आईपीओमा  ७ लाख २८ हजार १९३ जना सर्वसाधारणले ८६ लाख ८६ हजार ४९० कित्ताका लागि आवेदन दिएका छन जुन कम्पनीले सर्बसाधारणको लागि निष्कासन गरेको ७ लाख ९४ हजार ५०० कित्ता भन्दा १०.८८ गुणा बढी आवेदन हो।

लघुवित्तले आज देखि  ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ जारी गरेको  हो। लघुवित्तले निष्काशन गरेको  कुल ८ लाख ५० हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात १३ हजार कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी ७ लाख ९४ हजार ५०० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

हाल लघुवित्तको चुक्ता पूँजी १७ करोड ५० लाख रुपैयाँ रहेको छ भने आईपीओ निष्काशन पश्चात चुक्ता पूँजी २६ करोड रुपैयाा पुग्नेछ ।सो आइपीओमा छिटोमा फागुन ८ गते र ढिलोमा फागुन १८ गतेसम्म आवेदन दिन सकिने भए पनि माग भन्दा बढी आवेदन परेको हुदा ८ गते नै निष्कासन बन्द हुनेछ।   लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा रेटिङ्ग नेपालले लघुवित्तलाई इक्रा एनपी आईआर डबल बि रेटिङ्ग प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्।

कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. १ करोड ४८ लाख रहेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ३ करोड ६८ लाख पुगेको हो । जस अनुसार गत वर्षको सोही अवधिको तुलनामा खुद मुनाफमा १४८ प्रतिशत वृद्धि भएको छ ।

खराब कर्जा अनुपात पनि करिब ५९ प्रतिशत घट्न गई अहिले १.०३ प्रतिशतमा सीमित भएको कम्पनीले जानकारी दिएको छ । चालू आवको दोस्रो त्रैमासमा कम्पनीले रू. १२ लाख २३ हजार खराब कर्जा उठाउन सफल भएकाले, खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो

कम्पनीको चुक्तापूँजी रू. १७ करोड ५० लाख रहेको छ भने जगेडा रू. १५ करोड ४८ लाख सञ्चित गरेको हो । आइपीओ प्रयोजनका लागि प्रकाशित आब्हानपत्र बमोजिम यस वित्तीय संस्थाको आर्थिक वर्ष २०७८–०७९ मा खुद मुनाफा करिब ८ करोड ५ लाख रुपैयाँ हुने प्रक्षेपण गरिएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस