×
राष्ट्र उत्थान लघुवित्तको आईपीओ खुल्यो , यस्तो छ आवेदन दिने तरिका  ?



राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्काशन तथा बिक्री खुला  भएको छ ।

लघुवित्तले आज देखि  ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ जारी गरेको  हो। लघुवित्तले निष्काशन गगरेको  कुल ८ लाख ५० हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात १३ हजार कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी ७ लाख ९४ हजार ५०० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

हाल लघुवित्तको चुक्ता पूँजी १७ करोड ५० लाख रुपैयाँ रहेको छ भने आईपीओ निष्काशन पश्चात चुक्ता पूँजी २६ करोड रुपैयाा पुग्नेछ ।सो आइपीओमा छिटोमा फागुन ८ गते र ढिलोमा फागुन १८ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा रेटिङ्ग नेपालले लघुवित्तलाई इक्रा एनपी आईआर डबल बि रेटिङ्ग प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्।

कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. १ करोड ४८ लाख रहेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ३ करोड ६८ लाख पुगेको हो । जस अनुसार गत वर्षको सोही अवधिको तुलनामा खुद मुनाफमा १४८ प्रतिशत वृद्धि भएको छ ।

खराब कर्जा अनुपात पनि करिब ५९ प्रतिशत घट्न गई अहिले १.०३ प्रतिशतमा सीमित भएको कम्पनीले जानकारी दिएको छ । चालू आवको दोस्रो त्रैमासमा कम्पनीले रू. १२ लाख २३ हजार खराब कर्जा उठाउन सफल भएकाले, खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो

कम्पनीको चुक्तापूँजी रू. १७ करोड ५० लाख रहेको छ भने जगेडा रू. १५ करोड ४८ लाख सञ्चित गरेको हो । आइपीओ प्रयोजनका लागि प्रकाशित आब्हानपत्र बमोजिम यस वित्तीय संस्थाको आर्थिक वर्ष २०७८–०७९ मा खुद मुनाफा करिब ८ करोड ५ लाख रुपैयाँ हुने प्रक्षेपण गरिएको छ ।

 

आईपियो भर्दा ध्यान दिनुपर्ने कुराहरु : 
>> आफ्नो खातामा आवेदन दिन लागेको आईपियोको पर्ने मूल्य जति पैसा छ या छैन यकिन गर्ने ( आज भोलि १० कित्ता भन्दा बढी नपर्ने हुदा सर्बसाधारणको लागि खुलेको आईपियोमा १० कित्ता नै आवेदन दिदा वेस हुन्छ )
>> २ वटा डिम्याट खाता छ भने १ वटा बाट मात्र भर्नु पर्ने हुन्छ

>> बैंक खाता फ्रीज भए नभएको एकिन गर्ने (नावालकको हकमा १८ वर्ष ओउरा भएसी बैंक खाता फ्रिज हुने हुदा बैंकओए भरेको आईपीयो वेरिफाई गर्दैन )
>> आफुले आवेदन दिदा भरेको कुरा ठिक छ या छैन एकिन गर्ने
>> डिम्याट खाता र मेरो शेयर समयमै नविकरण गर्ने

आवदेन दिने तरिका : 

सर्ब प्रथम अनलाइनबाट आइपियो भर्न तपाइले बैकबाट मेरो शेयर युजरनेम र पासवर्ड लिनु पर्ने हुन्छ भने CRN नम्बर पनि लिनु पर्ने हुन्छ।

आइपियो भर्न तपाइले मेरो शेयर एप साथै वेव पनि प्रयोग गर्न सक्नु हुने छ। वेब बाट आइपियो भर्न तपाइले आफ्नो क्रोम ब्राउजरम meroshare.cdsc.com.np इन्टर गर्नु पर्ने हुन्छ भने एप बाट  भर्न एप् ओपन गर्नु पर्ने हुन्छ । त्यसपछी तपाईले आफुले (DEMAT )दिम्याट  बनाएको बैंक को नाम सेलेक्ट गर्नुहोस् ।

login page meroshare राष्ट्र उत्थान लघुवित्तको आईपीओ खुल्यो , यस्तो छ आवेदन दिने तरिका ?

बैंकले दिएको युसर नेम र पासवर्ड हालेर लग इनमा क्लिक गर्नुहोस। तपाइले पहिलो चोटि मेरोशेयर खोल्दै हुनु हुन्छ भने चार अंकको पिन पनि बनाउनु पर्ने हुन्छ जुन पछी आइपियो भर्न प्रयोग हुने गर्छ। त्यसपछि मेरो शेयरको dashboard ओपन हुने छ। dashboard ओपन भएपछि  माइ अस्बा ( my asba ) मा क्लिक गर्नुहोला।meroshare dashboard after login राष्ट्र उत्थान लघुवित्तको आईपीओ खुल्यो , यस्तो छ आवेदन दिने तरिका ?

 

Current issueमा अहिले बिक्रि भइ रहेको शेयरको बारेमा देख्न सक्नु हुने छ। त्यसपछि तपाइले apply for issue मा क्लिक गर्नुहोस।

curremt issue in m eroshare राष्ट्र उत्थान लघुवित्तको आईपीओ खुल्यो , यस्तो छ आवेदन दिने तरिका ?

त्यहा आफुले खरिद गर्न चाहेको कम्पनि रोजेर apply मा क्लिक गर्नुहोस। क्लिक गरिपछि तपाइले आफ्नो बैंक सेलेक्ट गर्नुहोस र applied kittaa मा आफुले खरिद गर्न चाहेको कित्ता हाल्नुहोस।

bank details apply 1 राष्ट्र उत्थान लघुवित्तको आईपीओ खुल्यो , यस्तो छ आवेदन दिने तरिका ?

आफ्नो बैंकले दिएको crn नम्बर हालेर तल टिक गरि proceed मा क्लिक गर्नुहोस। त्यसपछि आफुले सुरुमा बनाएको ४ अंकको पिन हान्नुहोस।

4 digit pin राष्ट्र उत्थान लघुवित्तको आईपीओ खुल्यो , यस्तो छ आवेदन दिने तरिका ?

अनि तपाइको शेयर को आवेदन पुरा हुने छ। तपाईलाइ शेयर परेपछि परे वापतको पैसा काटिने छ भने नपरेको पैसा तपाईको खातामै रहने छ। तपाईले आवेदन दिएपछि Application Report मा गएर आवेदन पुरा भए नभएको हेर्न सक्नु हुन्छ।  साथै पहिला भरेको आईपियोको विवरण पनि त्यहि बाट हेर्न सक्नुहुने छ।

application report after apply in meroshare राष्ट्र उत्थान लघुवित्तको आईपीओ खुल्यो , यस्तो छ आवेदन दिने तरिका ?

याद राख्नुहोस तपाइले आवेदन दिदा आवेदन दिएको बराबरको पैसा तपाइको बैंक खातामा हुनु पर्ने छ। यदि तपाइको दुइ वटा दिम्याट खाता छ भने एउटा बाट मात्र आवेदन दिनु होला नत्र तपाइको आवेदन रद्ध हुने छ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस