इमर्जिङ्ग नेपाल लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ भोली बुधबार बाँडफाँट हुने भएको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनआईसी एशिया क्यापिटलका अनुसार भोली बुधबार दिउँसो ३ः३० बजे आईपीओ बाँडफाँट हुने भएको हो । क्यापिटलले आजै प्रिअलटमेन्ट सकाएर भोली बाँडफाँट गर्ने भएको हो ।
कसरि हेर्ने नतिजा :
१) नतिजा हेर्नको लागि नेप्से बजारको एप डाउनलोड गर्नुहोला।
२) एप डाउनलोड गर्न यहा क्लिक गर्नुहोला।
३) एप खोलि IPO RESULTS भन्ने अप्सन छान्नुहोला।
४) आफ्नो दिम्याट नम्बर हानि कम्पनि छान्नुहोला।
५) त्यसपछि तपाइले आफ्नो नतिजा हेर्न सक्नु हुने छ।
कम्पनीको आईपीओमा २४ लाख १५ हजार ९१९ जना आवेदकले दुई अर्ब ७८ करोड ३५ लाख ४२ हजार रुपैयाँ बराबरको २ करोड ७८ लाख ३५ हजार ४२० कित्ता शेयरको लागि आवेदन परेको छ । यो सर्वसाधारणलाई छुट्टाएको ५ लाख १६ हजार ७०८ कित्ता शेयरको ५३.८७ गुणा बढी हुन आउँछ।
हालको आवेदनलाई हेर्दा जम्मा २.१३ प्रतिसत लगानीकर्ताले १० कित्ता शेयर हात पर्ने देखिन्छ भने बाकि ९७.८७ प्रतिसत लगानीकर्ताको हात खालि हुने छ । यद्यपी यो अन्तिम तथ्यांक भने हैन। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा ५ लाख ५५ हजार ६०० कित्ता आइपीओ निष्कासन गरेको हो ।
यो मध्ये २% अर्थात् ११ हजार ११२ कित्ता सेयर कर्मचारी र ५% अर्थात् २७ हजार ७८० कित्ता म्युचुअल फन्डको लागि छुट्याएको छ । बाँकी ५ लाख १६ हजार ७०८ कित्ताका लागि सर्वसाधारण लगानीकर्ताको लागि छुट्याइएको थियो।
आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा रेटिङ्ग नेपालले कम्पनीलाई इक्रा एनपी आईआर डबल बि प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ।









