×
Lagani
Lagani Shiksha gif
जाल्पा सामुदायिक लघुवित्तको आईपियो बाडफाँट सम्पन्न , यसरि हेर्नुहोस नतिजा



जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ आज बाँडफाँड भएको छ ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलकाको अनुरोधमा टाइम स्क्वायर रेष्टुरेन्ट, बालुवाटार काठमाडौंमा बाडफाँट सम्पन्न भएको हो । आजनै आइपीओ प्रि अलोटमेन्ट सम्पन्न गरी नियामक निकाय नेपाल धितोपत्र बोर्डमा स्वीकृतिका लागि पठाएको र उताबाट स्वीकृति आएसँगै आइपीओ बाँडफाँड भएको हो  ।

Lagani Shiksha gif
sharehubapk जाल्पा सामुदायिक लघुवित्तको आईपियो बाडफाँट सम्पन्न , यसरि हेर्नुहोस नतिजा

लघुवित्तको आईपीओमा कुल २७ लाख ९ हजार ८५५ जना आवेदकबाट ३ अर्ब ३१ करोड ४७ लाख १५ हजार रुपैयाँ बराबरको ३ करोड ३१ लाख ४७ हजार १५० कित्ता शेयरको लागि आवेदन परेको थियो । त्यस मध्ये १ लाख २२ हजार ४४३ जनाको आवेदन रद्द भएका छन् ।

त्यस अनुसार २५ लाख र ८७ हजार ४०० जना योग्य आवेदकबाट ३ करोड ६ लाख ६६ हजार १९० कित्ता शेयरको लागि आवेदन परेको थियो ।आईपीओ बाँडफाँडको काम सम्पन्न भईसकेको भएपनि डाटा अपलोड गर्न केही समय लाग्ने भएकाले आईपीओको नतिजा हेर्न भने केही समय कुर्नुपर्ने हुन्छ ।

 

संस्थाले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ जारी गरेको थियो  । लघुवित्तले निष्काशन गरेको को कुल ५ लाख २२ हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीहरुलाई र सर्वसाधारणलाई छुट्याइएको शेयरमध्येको ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित थियो ।

कसरि हेर्ने नतिजा :
१) नतिजा हेर्नको लागि नेप्से बजारको एप डाउनलोड गर्नुहोला।
२) एप डाउनलोड गर्न यहा क्लिक गर्नुहोला।  
३) एप खोलि IPO RESULTS भन्ने अप्सन छान्नुहोला।
४) आफ्नो दिम्याट  नम्बर हानि कम्पनि छान्नुहोला।
५) त्यसपछि तपाइले आफ्नो नतिजा हेर्न सक्नु हुने छ।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।  आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा रेटिङ्ग नेपालले लघुवित्तलाई इक्रा एनपी आईआर डबल बि रेटिङ्ग प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ।

हाल लघुवित्तको चुक्ता पूँजी १० करोड ७८ लाख रुपैयाँ छ। आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी १६ करोड पुग्नेछ। संस्थाले ग्रामीण एंव शहरी क्षेत्रमा बसोबास गर्ने विपन्न तथा न्युन आय भएका समुदायका व्यक्तिहरुलाई वित्तीय सेवामा पहुँच अभिवृद्धि गराई, स्वरोजगार सृजना गर्दै सम्मृद्ध समाज निमार्ण गर्ने लक्ष्य लिएको छ ।

नतिजा यहाँ बाट पनि हेर्न सक्नु हुने छ।  

१) नेप्से बजारको एप

) मेरो शेयरको साइट

३) बिक्रि प्रबन्धकको साइट 

४) जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको साइट

५) सिडिएस एण्ड क्लियरिङ्गको मेरोशेयर

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस