×
Lagani
Lagani Shiksha gif
जाल्पा सामुदायिक लघुवित्तको आईपीओमा पर्यो मागभन्दा ३७ गुणा बढी आवेदन , पर्ने सम्भावना कति ?



जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले निस्कासन गरेको आईपीओमा आवेदनको ओहिरो लागेको छ।

आज बिहान १० बजे सम्म  कम्पनीको आईपीओमा  १४ लाख ६८ हजार ८५  लगानीकर्ताले १ करोड ८२ लाख ४७ हजार २ सय ८०  कित्ताको लागि आवेदन दिएका छन । जुन कम्पनीले सर्बसाधारणलाइ निस्कासन गरेको ४ लाख ८७ हजार ९०० कित्ता भन्दा  गरेको भन्दा  ३७.३९  गुणा बढी आवेदन हो। आजकै आवेदनलाई हेर्ने हो भने पनि कम्पनीको शेयर पर्ने सम्भावना न्यून देखिन्छ।

Lagani Shiksha gif

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार १०  बजे सम्म १४ लाख ६८ हजार ८५  लगानीकर्ताले १ अर्ब ८२ करोड ४७ लाख २८ हजार बराबरको १ करोड ८२ लाख ४७ हजार २ सय ८०  कित्ताको लागि आवेदन दिएका हुन।

संस्थाले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ जारी गरेको हो । लघुवित्तले निष्काशन गरेको को कुल ५ लाख २२ हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीहरुलाई र सर्वसाधारणलाई छुट्याइएको शेयरमध्येको ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ ।

आईपीओमा सर्वसाधारणले  न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार २२० कित्ताको लागि आवेदन दिन सक्नेछन् । तर आईपिओमा माग भन्दा बढी आवेदन पर्ने भएकोले  १० कित्ता मात्र आवेदन दिनु उपयुक्त देखिन्छ । लगानीकर्ताले आईपीओमा छिटोमा माघ २५ गते र ढिलोमा फागुन ६ गतेसम्म आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा रेटिङ्ग नेपालले लघुवित्तलाई इक्रा एनपी आईआर डबल बि रेटिङ्ग प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ।

हाल लघुवित्तको चुक्ता पूँजी १० करोड ७८ लाख रुपैयाँ छ। आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी १६ करोड पुग्नेछ। संस्थाले ग्रामीण एंव शहरी क्षेत्रमा बसोबास गर्ने विपन्न तथा न्युन आय भएका समुदायका व्यक्तिहरुलाई वित्तीय सेवामा पहुँच अभिवृद्धि गराई, स्वरोजगार सृजना गर्दै सम्मृद्ध समाज निमार्ण गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस