×
Lagani
Lagani Shiksha gif
विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्दा सुरक्षित रहन यी कुरामा ध्यान दिन राष्ट्र  बैंकको अनुरोध



नेपाल राष्ट्र  बैंकले विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्दा हुनसक्ने जोखिमबारे सावधानी अपनाउन आग्रह गरेको छ ।

शुक्रबार सार्वजनिक सूचना जारी गरेर राष्ट बैंकले पछिल्लो समयमा विद्युतीय कारोबारमा ठगी भइरहेको गुनासो आएको भन्दै सचेत रहन आग्रह गरेको हो ।

Lagani Shiksha gif

बैंकले जारी गरेको सूचना : 

नेपालमा पछिल्लो समयमा विद्युतीय कारोबारमा बढोत्तरी भइरहेको छ । विभिन्न विद्युतीय उपकरणको माध्यमबाट घरमै बसेर कारोवार गर्दा विभिन्न आपराधिक व्यक्ति समूहले विभिन्न माध्यम प्रयोग गरी ग्राहकलाई ठगी गरिरहेको भन्ने ग॒नासो प्राप्त भइरहेकाले देहायका विषयमा विशेष ध्यान दिन नेपाल राष्ट्र बैंक विद्युतीय भुक्तानी प्रयोगकर्तामा विशेष आग्रह गर्दछ :

१. सामाजिक सञ्जालमार्फत चिनजानका मान्छेको नाममा रकम माग गर्ने, बैंकबाट फोन गरेको भनी  Internet Banking वा  Mobile Banking को  User Name र  Password  माग्ने  र website  बनाई ग्राहकका गोप्य सूचनाहरू लिने, ठूलो रकमको चिट्ठा परेको भनी लोभ देखाई उक्त चिट्ठा रकम हस्तान्तरण गर्ने बहानामा रकम माग गर्ने, अत्यधिक नाफाको लोभ देखाई गैरकानुनी घोषणा गरिएका उपकरणमा लगानी गर्न उत्प्रेरित गर्नेलगायतका ठगी भइरहेको जानकारीमा आएकोले विद्युतीय कारोबार गर्दा यसप्रकारको ठगीबाट बच्न विशेष ध्यान दिनु जरुरी देखिन्छ ।

२. अपरिचित व्यक्तिलाई कुनै पनि माध्यमबाटआफ्नो Password, OTP वा अन्य कुनै पनि संवेदनशील जानकारी दिनुहुँदैन । मोबाइल तथा अन्य डिभाइस एवम्‌ app का पासवर्डहरू बेलाबेलामा परिवर्तन गर्नुपर्दछ । यस्ता पासवर्ड गोप्य तरिकाले सुर्रक्षत राख्नुपर्दछ ।

३. सामाजिक सञ्जाल वा कुनै विद्युतीय माध्यमबाट म्यासेज पठाई रकम पठाउन आग्रह गरेमा रकम पठाउनुअघि सोही व्यक्तिले रकम माग गरे नगरेको व्यहोरा अन्य माध्यमबाट यकीन गरेर मात्र रकम पठाउनु पर्दछ ।

. अनावश्यक तथा अनधिकृत APP आफ्नो मोबाइल फोन वा अन्य डिभाइसमा डाउनलोड गर्नुहुँदैन । यसरी अनधिकृत APP  डाउनलोड गर्दा आफ्ना सबै संवेदनशील सूचनाहरू आपराधिक समूहले पत्ता लगाउन सक्छन्‌ ।

५. कसैले रकम भुक्तानी गर्ने बहानामा Barcode अथवा QR Code  पठाएको अथवा APP  को पासवर्ड आवश्यक छ भनेर म्यासेज गरेको कार्यलाई शङ्कास्पद रुपमा लिनुपर्दछ । रकम भुक्तानी लिन वा पैसा प्राप्त कुनै पनि Barcode, QR code अथवा पासवर्ड पठाउन आवश्यक छैन ।

६)  कुनै पनि Website मार्फत विद्युतीय कारोबार गर्नुअघि सम्बन्धित संस्थाको आधिकारिक Website हो/होइन यकीन गरेर मात्र कारोबार गर्नुपर्दछ । कुनै पनि Website को ठेगाना “https://” बाट सुरु  भएको छ भने सुर्रक्षत, भरपर्दो वा विश्वसनीय छ भन्ने बुझिने भएकोले Website को ठेगाना “https:// बाट सुरु भए नभएको यकीन गर्नुपर्दछ ।

७)  विद्युतीय कारोबार गर्दा आफ्‌ ठगिएको शङ्का लागेमा अथवा कुनै गुनासो रहेमा आफूले कारोबार गर्ने गरेको बैंक तथा वित्तीय संस्था एवम्‌ नेपाल राष्ट्र बैंकको गुनसो सुनुवाईसम्बन्धी पोर्टल https://gunaso.nrb.org.np मा गुनासो वा उजुरी दरा गर्न सकिने छ।

 

272876807 346102974184836 1257911915969398869 n.jpg विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्दा सुरक्षित रहन यी कुरामा ध्यान दिन राष्ट्र  बैंकको अनुरोध

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस