×
मेरो शेयरमा खुल्यो जाल्पा सामुदायिक लघुवित्तको आईपीओ , अब यसरि दिनुहोस आवेदन ।



जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले निस्कासन  गरेको आईपीओमा अवदेखि आवेदन दिन मिल्ने भएको छ ।

संस्थाले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ जारी गर्न लागेको हो । लघुवित्तले निष्काशन गर्न लागेको कुल ५ लाख २२ हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीहरुलाई र सर्वसाधारणलाई छुट्याइएको शेयरमध्येको ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ ।

आईपीओमा सर्वसाधारण न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार २२० कित्ताको लागि आवेदन दिन सक्नेछन् । तर आईपिओमा माग हान्दा बढी आवेदन पर्ने भएकोले  १० कित्ता मात्र आवेदन दिनु उपयुक्त देखिन्छ । लगानीकर्ताले आईपीओमा छिटोमा माघ २५ गते र ढिलोमा फागुन ६ गतेसम्म आवेदन दिन सक्नेछन् ।

हाल कम्पनीको चुक्तापूँजी रू. १० करोड ७८ लाख रहेको छ भने आईपीओ निष्कासन पछि उक्त पूँजी रू. १६ करोड पुग्नेछ । अघिल्लो आवको कम्पनीले रू. ११ करोड ३८ लाख ४४ हजार खुद ब्याज आम्दानी गरेको थियो भने गत आवमा  रू. २५ करोड ९५ लाख ७७ हजार पुगेको छ ।

मर्जर पश्चात बनेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लि.को अधिकृत पुँजी रु २५ करोड रहेको छ साथै जारी पूँजी रु १६ करोड र चुक्ता पूँजी रु १० करोड ७८ लाख रुपैया रहेको छ । वित्तीय संस्थाले आर्थि वर्ष २०८१/२०८२ को अन्त सम्म राष्ट्रिय स्तरको वित्तीय संस्था भई नेपालका ६० जिल्लामा १५५ वटा शाखा कार्यालयहरु स्थापना गरी १,९५,००० जना सदस्य आवद्ध गराउने लक्ष्य लिएको छ ।

संस्थाले ग्रामीण एंव शहरी क्षेत्रमा बसोबास गर्ने विपन्न तथा न्युन आय भएका समुदायका व्यक्तिहरुलाई वित्तीय सेवामा पहुँच अभिवृद्धि गराई, स्वरोजगार सृजना गर्दै सम्मृद्ध समाज निमार्ण गर्ने लक्ष्य लिएको छ ।

संस्थाको हाल १० करोड ७८ लाख चुक्ता पुँजी रहेकोमा थप ५ लाख २२ हजार कित्ता सर्वसाधारणलाई साधारण सेयर निष्कासन गरेपश्चात चुक्ता पुँजी १६ करोड रुपैयाँ हुनेछ ।

संस्थाले आईपीओ निष्काशनका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।  कम्पनीले निष्कासन गर्ने आईपीओलाई इक्रा नेपालले इक्रा एनपीआईआर बिबि रेटिङ प्रदान गरेको हो । यस्तो रेटिङले जोखिम मध्यम रहेको देखाउँछ ।

आवदेन दिने तरिका : 

सर्ब प्रथम अनलाइनबाट आइपियो भर्न तपाइले बैकबाट मेरो शेयर युजरनेम र पासवर्ड लिनु पर्ने हुन्छ भने CRN नम्बर पनि लिनु पर्ने हुन्छ।Screenshot 2021 03 19 082718 मेरो शेयरमा खुल्यो जाल्पा सामुदायिक लघुवित्तको आईपीओ , अब यसरि दिनुहोस आवेदन ।

आइपियो भर्न तपाइले मेरो शेयर एप साथै वेव पनि प्रयोग गर्न सक्नु हुने छ। वेब बाट आइपियो भर्न तपाइले आफ्नो क्रोम ब्राउजरम meroshare.cdsc.com.np इन्टर गर्नु पर्ने हुन्छ भने एप बात भर्ना एप् ओपन पर्ने हुन्छ । त्यसपछी तपाइले आफुले (DMAT )दिम्यात बनाएको बैंक को नाम सेलेक्ट गर्नुहोस् ।

बैंकले दिएको युसर नेम र पासवर्ड हालेर लग इनमा क्लिक गर्नुहोस। तपाइले पहिलो चोटि मेरोशेयर खोल्दै हुनु हुन्छ भने चार अंकको पिन पनि बनाउनु पर्ने हुन्छ जुन पछी आइपियो भर्न प्रयोग हुने गर्छ। त्यसपछि मेरो शेयरको dashboard ओपन हुने छ। dashboard ओपन भएसी माइ अस्बा ( my asba ) मा क्लिक गर्नुहोला।


Screenshot 2021 03 19 082346 मेरो शेयरमा खुल्यो जाल्पा सामुदायिक लघुवित्तको आईपीओ , अब यसरि दिनुहोस आवेदन ।currnet issu
e मा अहिले बिक्रि भइ रहेको शेयरको बारेमा देख्न सक्नु हुने छ। त्यसपछि तपाइले apply for issue मा क्लिक गर्नुहोस। त्यहा आफुले खरिद गर्न चाहेको कम्पनि रोजेर apply मा क्लिक गर्नुहोस। क्लिक गरिपछि तपाइले आफ्नो बैंक सेलेक्ट गर्नुहोस र applied kittaa मा आफुले खरिद गर्न चाहेको कित्ता हाल्नुहोस।Screenshot 2021 03 19 082331 मेरो शेयरमा खुल्यो जाल्पा सामुदायिक लघुवित्तको आईपीओ , अब यसरि दिनुहोस आवेदन ।

 

आफ्नो बैंकले दिएको crn नम्बर हालेर तल टिक गरि proceed मा क्लिक गर्नुहोस। त्यसपछि आफुले सुरुमा बनाएको ४ अंकको पिन हान्नुहोस। अनि तपाइको शेयर को आवेदन पुरा हुने छ। तपाइलाइ शेयर परेपछि परे वापतको पैसा काटिने छ भने नपरेको पैसा तपाइको खातामै रहने छ।याद राख्नुहोस तपाइले आवेदन दिदा आवेदन दिएको बराबरको पैसा तपाइको बैंक खातामा हुनु पर्ने छ। यदि तपाइको दुइ वटा दिम्याट खाता छ भने एउटा बाट मात्र आवेदन दिनु होला नत्र तपाइको आवेदन रद्ध हुने छ।Screenshot 2021 03 19 082435 मेरो शेयरमा खुल्यो जाल्पा सामुदायिक लघुवित्तको आईपीओ , अब यसरि दिनुहोस आवेदन ।

 

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस