×
बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट , खरीद माग उच्च



साताको चौथो कारोबार दिन बुधवार बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयरमूल्य मा सकारात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयरमूल्य आज ९.९७ प्रतिसतले बढेको हो।  कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.२८७ दशमलव ८ ० पुगेको हो । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । मार्केट डेप्थमा हेर्दा पनि कम्पनीको शेयरमा ३ लाख ३ १ हजार ५२ कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको छ ।

Screenshot 2022 01 19 135624 बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट , खरीद माग उच्चकम्पनीको शेयर दोस्रो बजारमा मंगलवारदेखि कारोबारमा आएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि रू. ८४ दशमलव ५ देखि २५२ दशमलव १५ ओपन रेञ्ज तोकेको थियो  । सोही मूल्य रेञ्जका आधारमा कारोबार शुरु भएको हो । कम्पनीको कारोबार सिम्बोल बीएनएचसी स्टक कोडबाट कारोबार भएको छ । कम्पनीले आइतवार ४० लाख कित्ता शेयर सूचीकरण गराएको थियो ।

सोमवार प्रि – ओपन सेसनमा कारोबार हुनु पर्नेमा म्याचिङ नभएका कारण शेयर कारोबार हुन सकेको थिएन ।  मंगलवार प्रि ओपन सेसनमा म्यचिङ भएर नियमित समयमा कारोबार भएको हो ।

कम्पनीले सर्वसाधारणतर्फ ८ लाख कित्ता, उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेको ४ लाख कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको २८ लाख कित्ता गरेर कुल ४० लाख कित्ता साधारण शेयर नेप्सेमा सूचीकृत गराएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस