CGH 909 -5 SINDU 667 -6 CZBIL 242 -10 MEN 631.1 -3.9 EHPL 840 7.9 PCBL 292 -2 SHLB 1886.9 1.9 HURJA 220 -4.6 SFEF 9.29 0.22 NGPL 472 -2.9 MBL 255 -4 ENL 1102 -18 SAGF 9.31 0.01 SSHL 215 0.8 MMKJL 543.6 9.6 MFLD85 1050 -20 NADEP 1030 -55 NBL 292.2 1.2 EBL 605 5 API 289.5 2.5 GBBLPO 205 0 KKHC 260 -2 NABIL 594 3 NIMB 241.9 -9.1 NRM 426.1 -4.9 SPDL 310 5 MBJC 321 -8 NBLD85 1025 0 H8020 10.2 -0.05 HBLD83 1056.3 0.3 SADBL 419 -1 FOWAD 1479 0 BPCL 449 -7 SPC 520 5 UMRH 475 -1.9 DORDI 429 -3.3 NBF2 9.15 -0.05 SMJC 574 -6 GMFBS 1512.1 -16.9 MKHC 339 -1
×
एकैदिन १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि ,यी हुन ५ सय बढी सक्रिय संक्रमित हुने १२ जिल्ला



पछिल्लो २४ घण्टामा नेपालमा थप १० हजार २५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १७ हजार ८७२ र एन्टिजेन विधिबाट ४९५६  जनामा परिक्षण गर्दा १० हजार २५८ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ६८ हजार २१५ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३९८३ जना पुगेको छ।

यस्तै, आज थप ५६२ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ८ लाख १७ हजार ५४७ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १ को मृत्यु भएको जानकारी छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ६२४ छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ४४ रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार मंगलबार सक्रिय संक्रमित ५ सयभन्दा बढी हुने जिल्लाको सूचीमा झापा, काभ्रे र मकवानपुर थपिएका छन् । योसँगै सक्रिय संक्रमित ५ सयभन्दा बढी हुने जिल्लाको संख्या १२ पुगेको छ ।

यसअघि काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मोरङ, कास्की, सुनसरी, रुपन्देही र कैलालीमा सक्रिय संक्रमित ५ सयभन्दा बढी थिए । पछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो नेपालमा कोरोना संक्रमण भित्रिएयता एकैदिनमा पुष्टि भएको सबभन्दा धेरै संक्रमित संख्या हो । यसअघि २८ वैशाख २०७८ मा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस