×
नेपालमा एकैदिन थपिए ६ हजार ७३४ कोरोना संक्रमित



नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ७३४ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार पिसिआर परीक्षणबाट ५ हजार ७४७ र एन्टिजेन परीक्षणबाट ९८७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा १७ हजार ४६५ जनामा कोरोना परीक्षण गरिएको थियो। देशभर ३० हजार ८ सय ७७ जना कोरोनाका सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ३ जनाले ज्यान गुमाएका छन्। यस्तै ५४७ जना संक्रमणबाट मुक्त भएका छन्। काठमाडौं उपत्यकामा ३९३९ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २९४३, भक्तपुरमा २०१ र ललितपुरमा ७९५ संक्रमित थपिएका छन्।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस