×
Lagani
Lagani Shiksha gif
१९ वर्षीय ह्याकरले नियन्त्रणमा लिए टेस्लाका २० ओटा कार



जर्मनीका १९ वर्षीय एक ह्याकरले टेस्लाका गाडीहरूमा पहुँच बनाएर नियन्त्रणमा लिएका छन् ।

ट्वीटरमा ट्वीट गर्दै डेभिड कोलोम्बो नाम गरेका ती युवाले १० ओटा देशमा भएका २० ओटा टेस्ला कारमा भेटिएको सफ्टवेयरको सुरक्षा कमजोरीको फाइदा लिँदै आफूले ती गाडीमा पहुँच बनाउन सफल भएको उल्लेख गरेका छन् ।

Lagani Shiksha gif
sharehubapk १९ वर्षीय ह्याकरले नियन्त्रणमा लिए टेस्लाका २० ओटा कार

सवारीधनीहरूले प्रयोग गरेको थर्ड पार्टी एपहरूमा भएको सुरक्षा कमजोरीका कारण आफूले सफ्टवेयरबाटै ती कारहरू ह्याक गरी ढोका र झ्याल अनलक गर्न सफल भएको बताएका छन् । त्यसैगरी उनले केही गाडी चाबी बिना नै स्टार्ट गरेका थिए भने केहीको सेक्युरिटी सिस्टम नै डिसेबल गरिदिएका थिए ।

उनले गाडीमा भएको क्यामेरा मार्फत ड्राइभरमाथि निगरानी समेत राख्न सकेको कुरा बताएका छन् । डेलिमेलसँग कुरा गर्दै उनले भनेका छन्, ‘यो सुरक्षा कमजोरी टेस्ला कम्पनीको तर्फबाट भन्दा पनि सवारीधनीले प्रयोग गरेको थर्ड पार्टी एपबाट भेटिएको हो । ‘

यद्यपि आफूले ह्याक गरेका सवारीको विषयमा सवारी धनीलाई जानकारी दिन टेस्लाको टिम र सो थर्ड पार्टी एपको डेभलपसँग सम्पर्कमा रहेको उनले बताएका छन् । सुरक्षा कमजोरी गाडी र उक्त थर्ड पार्टी एपको प्रोग्रामलाई लिंक गर्ने सफ्टवेयरले प्रयोग गर्ने सवारीधनीको विवरणमा भएको उनको भनाई छ ।

यद्यपि उनले सो सफ्टवेयरको विषयमा भने कुनै जानकारी दिएका छैनन् । यो घटना अहिले ट्वीटरमा एउटा चर्चाको विषय बनेको छ । कसैले यसलाई पब्लिक स्टन्ट भनेका छन् भने कसैले मुद्दा जायज भएको बताएका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस