SWBBL 1065 2.1 MERO 760 0.5 NMLBBL 769 -11 SMJC 574 -6 ACLBSL 1035 0 MLBL 398 -6.9 MHNL 265.5 -0.5 BARUN 379 -6.1 API 289.5 2.5 NBLD87 1020 -8 ALBSL 1040 -4 NUBL 730 2.8 MLBS 1532.3 -86.7 UNL 48870 -930 GLBSL 1600.4 -29.6 GMFIL 623 1 NICA 452 -13 EHPL 840 7.9 PRSF 9.54 -0.11 NBBD2085 1100 0 NMBMF 695 -10 MEL 292 2 PBD85 1079.9 19.9 TRH 1118 -5 NHPC 220.1 0 DHPL 242 1 SBI 482.9 -6 SMHL 613.1 -4 KSBBLD87 1093.4 18.4 MKHL 493 -6 ILI 483.5 -2.5 UPPER 214.2 -1.8 GHL 218.5 -1.1 HHL 439 -3.2 SLBBL 958.9 -4.2 PFL 652 -1 CMF2 9.21 -0.1 SADBL 419 -1 SANIMA 326 -10.2 SHL 512 -4.5
×
प्रचण्डलाई पनि लाग्यो कोरोना , सबैलाई सतर्कता अपनाउन आग्रह



नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कोभिड-१९ को संक्रमण भएको छ ।

शुक्रबार साँझ पिसिआर परीक्षण गर्दा प्रचण्डमा कोभिड पोजेटिभ पाइएको उनको निजी सचिवालयले जानकारी दिएको छ । प्रचण्ड अहिले आफ्नै निजी निवासमा होमआइसोलेसनमा छन् ।प्रचण्डसँग सम्पर्कमा रहेका सबैलाई सतर्कता अपनाउन पनि उनको निजी सचिवालयले भनेको छ ।

माओवादी नेताहरुमा कोभिड संक्रमण देखिन थालेपछि प्रचण्डले पछिल्लो समय भेटघाट बन्द गरेका थिए ।

माओवादी नेता नारायणकाजीलाई काेभिड संक्रमण, हाेमआइसाेलेसनमा बसे :  नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठलाई काेभिड-१९ संक्रमण पुष्टि भएकाे छ । पिसिआर परीक्षण गर्दा आफूलाई काेभिड संक्रमण पुष्टि भएकाे र होमआइसोलेसनमा रहेको जानकारी दिएका छन् ।उनले आफू कम्तिमा १४ दिन आइसोलेसनमा रहने सामाजिक सञ्चालमा उल्लेख पनि गरेका छन् ।

‘पिसिआर परीक्षणमा मलाई कोरोना संक्रमण देखिएकोले म होमआइसोलेसनमा छु । कम्तिमा १४ दिन आइसोलेसनमा नै रहनेछु । हालसालै मसँग प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबैलाई आबश्यक सावधानी अपनाउन विनम्रतापुर्वक अनुरोध गर्दछु,’ श्रेष्ठले लेखेका छन् ।

माओवादी केन्द्रीय कार्यालयका दुई जनाबाहेक सबैलाई कोरोना :  नेकपा माओवादी केन्द्रीय कार्यालयका दुई जनाबाहेक सबैलाई कोरोनाभाइरस संक्रमण भएको छ । मुख्यसचिव श्रीराम ढकाल र शिव खकुरेलबाहेक केन्द्रीय कार्यालयका सबैलाई कोरोना संक्रमण भएको हो ।  कार्यालयका सबैलाई कर्मचारीलाई कोरोना भएपछि प्रचण्डले भेटघाट बन्द गरेर आईसोलेशनमा बस्न लागेका हुन् ।

प्रचण्डले बिहीबारबाटै भेटघाट बन्द गरेको जानकारी दिँदै उनको सचिवालयले जारी गरेको विज्ञप्ति :

आदरणीय कमरेडहरु तथा शुभेच्छुक मित्रहरू,

पार्टीको ऐतिहासिक आठौं राष्ट्रिय महाधिवेशन सफलतापुर्वक सम्पन्न भएको र अध्यक्ष कमरेड प्रचण्ड पुनः अध्यक्ष निर्वाचित हुनुभएकोमा सम्पुर्ण राजनैतिक शक्ति, स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरु, सम्पुर्ण पार्टीपंक्ति तथा शुभेच्छुकहरुद्वारा व्यक्त गरिएको बधाई तथा शुभकामनाको लागि हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौं।

राजनीतिक कामको व्यस्तता, भीडभाड र स्वास्थ्य सतर्कताको कमिका कारण काठमाडौं लगायतका विभिन्न स्थानमा बढेको कोभिड संक्रमण तथा स्वास्थ्यकर्मीहरुको समेत सुझावलाई मध्यनजर गर्दै विगत तीन दिन यतादेखि भौतिक रूपमा भेटेरै भैरहेको बधाई एवं शुभकामना आदानप्रदानलाई आजैका दिनदेखि रोकेको कुरा जानकारी गराउदछौं । यसकारण पर्न गएको अफ्ठ्यारोका लागि सचिवालय क्षमा चाहन्छ। 

हामीले पार्टीको नियमित प्रक्रियामार्फत हुने संस्थागत भेटघाटलाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामार्फत व्यवस्थित गर्न कोसिस गर्नेछौं। कतिपय सम्वाद, भेटघाट, बैठक र छलफललाई प्रविधिको प्रयोगमार्फत सहजिकरण गर्नेछौं। केन्द्रीय कार्यालयका कतिपय जिम्मेवार कमरेडहरुलाई समेत कोभिड संक्रमण पुष्टि भएकोले कार्यालयमा हुने भीडभाडमा पनि उच्च स्वास्थ्य सतर्कता अपनाउन सबैमा हार्दिक अनुरोध गर्दछौं।

– स्वकीय सचिवालय

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस