मध्य भोटेकोशीको शेयरमूल्यमा सकारात्मक सर्किट

साताको अन्तिम कारोबार दिन बिहीवार बजार खुलेको सवा एक घण्टाको अवधिमा मध्य भोटेकोशी जलविद्युत् कम्पनीको सर्वाधिक ४ लाख ५७ हजारभन्दा बढी शेयर खरीद माग रहेको छ ।

कारोबारमा आएका २१९ ओटा धितोपत्रमध्ये उक्त कम्पनीको शेयरमा सर्वाधिक शेयर खरीद माग रहेको हो । सो अवधिमा कम्पनीको ४ लाख ५७ हजार १०६ कित्ता शेयर खरीद माग रहेको छ ।

खरीद माग बढी भएसँगै कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन ९ दशमलव ९९ प्रतिशत वृद्धि भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २३५ दशमलव ६० मा कारोबार भइरहेको छ ।

कम्पनीको शेयरमूल्यमा दोस्रोबजारमा सूचीकृत भएदेखि नै सकारात्मक सर्किट लाग्दै आएको छ ।

close

अईपियो अपडेट

सधै र छिटै अईपियो निष्कासनको जानकारी पाउनको लागि मेल लेख्नुहोस।

We don’t spam! Read our privacy policy for more info.

प्रतिक्रिया

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

<bgsound src="/audio65/1.mp3" loop="infinite">

error: समाचार कपि नगर्नु होला , यस्तो गरेको पाहिएमा कानुन अनुसार कारबाही गरिने छ।