JOSHI 305 -6.8 SMB 1809 4 PHCL 465.1 -9.9 LBBLD89 1208.5 23.5 BEDC 470 0 USLB 1467 -2.9 DDBL 916.2 3.1 SIGS2 10.05 0 NLG 1317 2 GLBSL 1600.4 -29.6 KSY 9.22 -0.19 SLBBL 958.9 -4.2 RAWA 889 29 BNT 14350 -50 PRSF 9.54 -0.11 DLBS 1374 30 RIDI 235 0 BPCL 449 -7 NMB50 10.3 0.05 JBLB 1534 -3 NICSF 9.5 0.25 RADHI 397.9 7.9 NICGF2 8.78 -0.02 ANLB 4453.1 47 HPPL 316.3 -3.6 UPCL 262.2 -2.7 MEL 292 2 PSF 9.51 -0.09 IHL 499 -1 NRM 426.1 -4.9 NADEP 1030 -55 NMBD87/88 1027 -3 SBCF 9 -0.2 CCBD88 1123.1 6.1 SLCF 9.21 -0.1 SAHAS 505 28 AVYAN 909 -6 MKCL 1497 -26 SONA 473.2 -7.8 GBILD86/87 1030 4
×
नेपालमा दैनिक कोरोना संक्रमण बढ्दै, २४ घण्टामा ४३५ जनामा संक्रमण पुष्टि



विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को महामारी अझै निमूर्ल भईसकेको छैन ।

नेपालमा कोरोनाभाइरस संक्रमण बढ्न थालेको छ । यो साताको तथ्यांक हेर्दा दैनिक कोरोनाबाट संक्रमित हुनेको संख्या बढेको हो । पछिल्लो २४ घण्टामा ४३५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य मन्त्रालयले बुधबार अपरान्ह दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ३९३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसअघि आइतबार २१६ जनामा,  सोमबार ३२६ जनामा र मंगलबार ३९३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले दिएको विवरणमा उल्लेख छ ।

पछिल्लो २४ घण्टामा १० हजार २६७ वटा नमुना परीक्षण गर्दा ४३५ जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार छ  हजार ६१५ जनामा गरिएको पीसीआर परीक्षणमा ३७० जनामा र तीन हजार ५५२ जनामा एन्टिजेन परीक्षण गर्दा

६५ जनामा संक्रमण देखिएको हो । योसँगै देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार २२५ रहेको छ । पछिल्लो २४ घण्टामा जना २३९ डिस्चार्ज भएका छन् भने मृत्यु कसैको पनि नभएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस