×
राष्ट्रियसभा उम्मेदवारले चुनावमा कति खर्च गर्न पाउँछन् ? आयोगले तोक्यो सीमा



१२ माघमा तय भएको राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारले खर्च गर्न पाउने रकमको सीमा तोकिएको छ ।

निर्वाचन आयोगले एक उम्मेदवारले ३ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्ने पाउने सीमा तोकेको हो । आयोगका अनुसार उम्मेदवारले मतदाता नामावली खरिदमा  १, सवारी साधन/घोडा ७० हजार र सवारी इन्धन (घोडा प्रयोग गरिएकोमा दानासमेत) १० हजार र प्रचार सामग्रीमा १४ हजार ५ सय रुपैयाँ तोकेको छ ।

त्यस्तै, ढुवानी १० हजार, गोष्ठी/अन्तर्क्रिया १ लाख, अन्य प्रचारप्रसार, छापा एवं विद्युतीय माध्यममा १४ हजार ५ सय, कार्यालय सञ्चालनमा ७० हजार, प्रतिनिधि परिचालन ३० हजार र विविध खर्च ३ हजार गरी ३ लाख ५० हजारको खर्च सीमा तोकिएको हो ।

निर्वाचनका लागि मंगलबार मनोनयन दर्ता भइसकेको छ ।

सलमानको ‘टाइगर ३’ सेटमा कडा नियम : बलिउड सुपरस्टार सलमान खान चाँडै आफ्नो फिल्म ‘टाइगर ३’को सुटिङ सुरु गर्दैछन् । फिल्ममा उनले अभिनेत्री कटरीना कैफसँग रोमान्स गर्नेछन् ।

भारतमा अहिले कोभिड–१९ को संक्रमण दर तिब्र छ । यहीकारण सलमानले ‘टाइगर ३’ को सुटिङ सेटमा कडा नियम लगाउँदैछन् । सलमान आफू र आफ्ना वरपरका मानिसलाई सुरक्षित राख्नका लागि कुनै कसुर बाँकी नराख्ने योजनामा छन् । उनले प्रोडक्सन हाउसलाई फिल्मको सुटिङ सेटमा कोभिड प्रोटोकललाई अनिवार्य पालना गर्न उर्दी जारी गरेका छन् ।

उनको उर्दी अनुसार सुटिङका लागि जुन व्यक्तिको आवश्यकता पर्छ, त्यही व्यक्तिमात्र लोकेसनमा उपस्थित हुनुपर्नेछ ।सलमानले अभिनेता इमरान हाशमीसँग केही फाइट सिक्वेन्सको सुटिङ गर्नेछन् । इमरान केही दिनमै सलमानका साथ सुटिङमा जाँदैछन् । यसका लागि सेटमा फाइट कोओर्डिनेटर र एक टीमको उपस्थिति हुनेछ ।

सलमान आफैं सुटिङ व्यवस्थामा ध्यान दिइरहेका छन् । उनी एक सुरक्षित सुटिङका लागि सबै नियम पालना गर्न आवश्यक छ भन्ने सन्देश दिनका लागि सलमान सक्रिय छन् ।

इमरान र सलमान केही अन्तर्राष्ट्रिय द्वन्द्व निर्देशकका साथ एसआरपीएफ ग्राउण्ट सेटमा केही एक्सन सिक्वेन्सको सुटिङ गर्नेछन् । यो सुटिङ पछि मात्र अभिनेत्री कटरीना कैफ सेटमा उपस्थित हुनेछिन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस