


साताको तेस्रो कारोबार दिन मंगलवार पनि मध्य भोटेकोशी जलविद्युत कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १९४ दशमलव ८० पुगेको छ ।
दोस्रो बजारमा कारोबारमा आएको सातौं दिनसम्म पनि कम्पनीको शेयरमूल्य लगातार सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भभएकाले कम्पनीको शेयरमूल्य बढेको हो ।
मार्केट डेप्थमा हेर्दा यो दिन कम्पनीको शेयरमा ६ लाख १० हजार ४४० कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ओपन रेञ्ज रू.९४ दशमलव ३९ देखि २८३ दशमलव १७ तोकेको थियो ।
पहिलो कारोबारको लागि नेप्सेले कम्पनीको नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । कम्पनीले कुल ६ करोड कित्ता साधारण शेयर नेप्सेमा सूचीकृत रहेको छ ।