


पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा कौसी खेती सुरुवात गरिएको छ ।
सोमबार ओलीसहित उनकी पत्नी राधिका शाक्य कौसी खेतीमा व्यस्त बने । उनको घरको छतमा कौसी खेतीका लागि स्थान बनाइएको छ र त्यसमा आज जापानी प्रविधीको प्रयोग गर्दै उत्पादन गरिएको कम्पोस्ट मलको प्रयोग गर्दै कौसीखेतीबारे जानकारी गराइएको छ ।
मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले अर्गानिक कौसी खेतीको जापानी प्रविधीको प्राङ्गारिक मल प्रयोग गरेर सुरु गरिएको जानकारी दिए । त्यसक्रममा प्राविधिकहरुले ओली र शाक्यलाई कौसी खेती र प्राङ्गारिक मलबारे विभिन्न जानकारी दिएका थिए ।
अध्यक्ष दाबी गर्नेमा लुम्बिनी प्रदेश सचिवालय सदस्य डम्मर शर्मा , जिल्ला उपाध्यक्ष बाबुराम खनाल, जिल्ला सचिव बाबुराम आचार्य र शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारी रहेका छन् ।
अध्यक्षका प्रत्याशी चार नेता एमाले कार्यकर्ता माझमा चर्चित मानिँदै आएका छन् । आचार्य र शर्मा क्षेत्र नम्बर १, खनाल क्षेत्र नम्बर २ र अधिकारी क्षेत्र नम्बर ३ बाट प्रतिनिधित्व गर्दै आएका छन् छ । एमालेभित्र सबै गुटको अन्त्य भए पछि निर्वाचन हुने भएमा व्यक्तिगत प्रभाव पर्न सक्ने देखिन्छ । यता एमाले शीर्ष नेतृत्वले सहमतिको लागि प्रयास गर्दै सबै नेतालाई मिलाएर लाने कोसिससमेत गरेको छ ।
लामो समयदेखि अधिवेशन नहुँदा नेतृत्वको लागि जिल्ला नेताहरू बिच तीव्र प्रतिस्पर्धा बढेको छ । एमाले भित्र अध्यक्ष मात्र नभई अन्य पदमा समेत धेरै जनाको उम्मेदवारी पर्ने सङ्केत देखिएको छ । उपाध्यक्ष, सचिव, सहसचिवमा समेत आकाङ्क्षी धेरै देखिएका छन् ।
गुट बनाएर उम्मेदवारी दिन नपाइने नियम भएको हुँदा उम्मेदवारका आकाङ्क्षीहरू प्रतिनिधिसँग भेटघाट र फोनमार्फत मत माग्न सुरु गरेका छन् ।