×
मध्य भोटेकोशी जलविद्युत् कम्पनीको शेयरमूल्यमा सर्किट



साताको दोस्रो कारोबार दिन सोमवार बजार खुलेको एक घण्टा १० मिनेटको अवधिमा मध्य भोटेकोशी जलविद्युत् कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

उक्त अवधिसम्ममा कारोबारमा आएका २१५ धितोपत्र मध्ये कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा  १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १७७ दशलमव १० पुगेको छ । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो ।

यो समाचार तयार पार्दाको समसयसम्म मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा ५ लाख ६२ हजार ४२२ कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको छ । कम्पनीको पहिलो शेयर कारोबार अंकित मूल्यमै  खुला भएको कम्पनीको शेयरमूल्य भने पहिलो कारोबार दिनदेखिनै सर्किट लेभलमा बढ्दै आएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा पहिलो कारोबारका लागि प्रतिकित्ता रू. ९४ दशमलव ३९ देखि रू. २८३ दशमलव १७ को मूल्य रेञ्ज तोकेको थियो । गत साताको पहिलो कारोबार  दिन आइतवार प्रि – स्पेशल ओपनिङ सेसनमा कम्पनीको शेयर प्रतिकित्ता रू. १०० मा कम्पनीको कारोबार म्याच भएको हो ।

उक्त अवधिसम्ममा नेप्से परिसूचक ४० दशमलव १६ अंकले बढेर २ हजार ६२५ दशमलव शून्य ६ अंकमा पुगेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस