SNLI 585.1 -0.9 MLBL 398 -6.9 PMLI 562 1 SBCF 9 -0.2 SBLD89 1200 16.1 RNLI 495.5 1.5 SAGF 9.31 0.01 SAEF 11.22 0.17 MFIL 768 48 BBC 4255 50 SANIMA 326 -10.2 GBBL 447 -6 MEN 631.1 -3.9 NHDL 570 0 SJLIC 477 -7.5 CYCL 1540 -7 SLCF 9.21 -0.1 HEI 648 -10 UPCL 262.2 -2.7 BGWT 934.9 -21.1 BHPL 655.1 -12.7 NMLBBL 769 -11 NICLBSL 705.5 -7.5 PCBL 292 -2 EDBL 645 -1.9 MSLB 1564 -70 AKJCL 209 -3 JFL 655 6 NICSF 9.5 0.25 NIBSF2 8.9 0.08 KSBBL 448 -3 MMKJL 543.6 9.6 USHL 783.2 -13.7 CIZBD90 1081 1 KMCDB 1027.8 -11.1 UNLB 2527 -3.9 ILBS 980 -21.5 SMH 1064.8 5.9 GMFIL 623 1 CGH 909 -5
×
माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु, प्रचण्डले पदाधिकारीको नाम प्रस्ताव गर्ने



माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ ।

आठौं राष्ट्रिय महाधिवेशनको आठौं दिनमा कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा स्थायी समितिको बैठक बसेको हो ।आजको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वसम्मत रूपमा पदाधिकारीको नाम प्रस्ताव गर्ने तयारी गरेका छन् । एक नेताका अनुसार प्रदेश र प्रवासबाट केन्द्रीय कार्यसमितिमा आकांक्षी केन्द्रीय सदस्यहरूको नाम पनि आजकै स्थायी समिति बैठकमा प्रचण्डले प्रस्तुत गर्ने भएका छन् ।

माओवादीको केन्द्रीय निर्वाचन आयोगले नेतृत्व छनोट गर्न शनिबार नै निर्वाचन प्रक्रिया सुरु गरिसकेको छ । जसअनुसार झन्डै साढे १७ सय मतदाता नामावली प्रकाशित भइसकेको छ ।

सर्वसम्मत नेतृत्व चयनका लागि भन्दै आज दिउँसो २ बजेसम्म बन्दसत्र स्थगित गरिएको छ । स्थायी समितिबाट पास भएका १५ पदाधिकारीसहित दुई सय ९९ केन्द्रीय कार्यसमितिमा रहनेको नाम प्रचण्डले बन्दसत्रमा प्रस्तुत गर्ने भएका छन् ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस