NIMB 241.9 -9.1 SHLB 1886.9 1.9 UMHL 308 -4 USHL 783.2 -13.7 KDL 1059 16 USLB 1467 -2.9 LLBS 1050 5 LUK 9.21 -0.09 EBL 605 5 GBBL 447 -6 SIGS3 9.45 0.09 NICD88 1032 -21 SCB 691.1 3.6 TAMOR 482.9 -2.1 NMB 263.9 -7.1 MHNL 265.5 -0.5 MSHL 938 3 NADEP 1030 -55 SHIVM 599 -8 BHPL 655.1 -12.7 PCBL 292 -2 AKPL 248.5 -2.5 ALICL 714.5 -1.2 CYCL 1540 -7 SBID83 1098 8.7 PPL 461 -2.5 NICLBSL 705.5 -7.5 API 289.5 2.5 SEF 9.51 -0.24 NRM 426.1 -4.9 RLFL 625 6.9 KSY 9.22 -0.19 MBJC 321 -8 GFCL 1051.1 6 BGWT 934.9 -21.1 DORDI 429 -3.3 NABBC 631 -12 ADBL 367 -11.1 RNLI 495.5 1.5 MKJC 467.9 -1
×
माओवादी फेरि शक्तिशाली भएर फर्किन्छ कि भन्ने चिन्ता बाहिर देखियो : प्रचण्ड



नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको आठौं महाधिवेशनले सबैको ध्यानाकर्षित गरेको बताएका छन् ।

महाधिवेशनको जारी छैटौँ दिनको बन्दसत्रमा आफ्नो वैचारिक तथा राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिँदै प्रचण्डले माओवादी शक्तिशाली भएर पुरानै अवस्थामा फर्किन्छ कि भन्ने चिन्ता देखिएको बताएका हुन् ।

‘हाम्रो महाधिवेशनप्रति पुरै देशको ध्यान गएको छ । ठूला राजनीतिक पार्टीले पनि हामीलाई हेरेका छन् । एजेन्डा ल्याउने र स्थापित गर्ने त माओवादी हो भन्ने छ । महाधिवेशन उद्घाटनमै पनि यहाँहरुले सुन्नु भयो,’ उनले भने, ’प्रचण्डले नै हो परिवर्तन ल्याएको, संविधानसभा, गणतन्त्र, समावेशी, समानुपातिक, धर्मनिरपेक्षता, संघीयता सबै सबै ल्याउन भूमिका खेलेको भनेर कांग्रेस सभापतिले नै राख्नुभयो ।’

प्रचण्डले फेरि थपे, ’मैले यसो बाहिर पनि नियाल्दा माओवादी पछाडि फर्किन्छ कि भन्ने चिन्ता गरेजस्तो पाइएको छ । त्यो भनेको माओवादी फेरि अर्को के के एजेन्डा ल्याएर मुलुकमा नेतृत्व लिन खोज्दैछ भनेर ठानेका छन् । यो सकारात्मक नै हो ।’

खुरापात र विचलनको बाटो मोडेर स्टेयरिङलाई सकारात्मक मोड दिएका छौँ :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी सही बाटोमा फर्किएको बताएका छन् ।  आफ्नो प्रतिवेदनमा उठेका प्रश्नमाथि जवाफ दिने क्रममा अध्यक्ष प्रचण्डले भने, ’ठूलो मेहनत गरेर पार्टीलाई बाटो फर्काएका छौं ।’

प्रचण्डले पार्टीमा खुरापात र विचलनतिर जाने खतरा पैदा भएको उल्लेख गर्दै थुप्रै खालका विसंगति देखा परेकोमा यो स्थितिबाट फेरि स्टेयरिङलाई सकारात्मक मोड दिने ठाउँमा आइपुगेका दाबी गरे ।

पार्टीको जारी आठौं महाधिवेशनको दोस्रो दिन गत सोमबार आफूले प्रस्तुत गरेको वैचारिक तथा राजनीतिक प्रतिवेदनमाथि उठेको प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले शुक्रबार दिएका हुन् ।

गतिशीलताका लागि आफ्नै टाउकोमा आगो लगाएर हिँड्न तयार छौं :  नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनअन्तर्गत बन्दसत्र जारी छ । महाधिवेशनको छैटौं दिन शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले प्रस्तुत गरेको वैचारिक तथा राजनीतिक  प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिइरहेका छन् ।

यसक्रममा प्रचण्डले आफूमाथि विभिन्न प्रश्न उठेको भन्दै पार्टीका लागि जस्तोसुकै त्याग गर्न तयार रहेको उदघोष गरे । कतिपयले प्रचण्ड फेरि झुपडीमा जान सक्ला त ? चिल्लो गाडी छोड्न सक्ला त ? काठमाडौंको रमझम छोड्न सक्लान् त ? भनेर पनि भन्ने गर्छन्,’ प्रतिनिधिमाझ प्रचण्डले भने, ’तर म के भन्न चाहन्छु भने जरुरी पर्दा मलाई गाउँघरमा जान, उनीहरुसँगै बस्न, मजदुरसँग खान, जनतामाझ गएर बस्न कुनै गाह्रो छैन । यो पार्टीलाई क्रान्तिकारी बनाउन, जस्तासुकै त्याग, कष्ट र बलिदान गर्न तयार छु । म यो अन्तिम अवसर गुम्न दिन्न ।’

आफूलाई कतिपयले अस्थिर भनेपछि आफू गतिशीलताको यात्रामा रहेको र आजको परिवर्तन त्यसकै उपज भएको उनको दाबी छ ।

‘हाम्रो यात्रामा म सुधारवाद देख्दिनँ । यसमा म छलाङ र गतिशीलतामा देख्छु । कतिपयले अराजकता या अस्थिरतावादी पनि भन्छन् । तर २०४५ सालमा सानो समूहबाट सुुरु गरेर २०५२ सालमा जनयुद्ध सुुरु गरेर शान्तिप्रक्रिया हुँदै गणतन्त्रको स्थापना, संविधानको निर्माण गरेर आजको अवस्थासम्म पुग्नु गतिशीलता हो कि अस्थिरता हो ? त्यसैले यो गतिशीलतामा जरुरी पर्दा आफ्नै टाउकोमा आगो लगाएर हिंड्न हामी तयार छौं । हामी अहिले पनि एउटा छलाङ हान्न खोजिरहेका छौं,’ उनले भने ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस