प्रतिवेदनको आलोचना गर्ने बाबुराम र सुरेन्द्र पाण्डेलाई प्रचण्डले दिए कडा जवाफ , के भने जान्नुहोस

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको आठौं महाधिवेशनले सबैको ध्यानाकर्षित गरेको बताएका छन् ।

सकारात्मक र नकारात्मक रुपले भए पनि आफ्नो प्रतिवेदनको चर्चा भएको भन्दै प्रचण्डले विचारको विकासलाई प्रमुख स्थानमा राखेको स्पष्ट पारे ।प्रचण्डले प्रतिवेदनमाथि टिप्पणी गर्ने पूर्वमाओवादी नेता बाबुराम भट्टराई र एमाले नेता सुरेन्द्र पाण्डेलाई पनि जवाफ दिएका छन् ।

’कस्तो कार्यक्रम ल्याउने हो, कस्तो संगठन बनाउने हो, कस्तो निर्णय गर्ने हो भन्ने चासो थियो । कसैले २१औँ शताब्दी फड्को हान्न खोजे पनि भने, कतिले २०औँ शताब्दीमा फर्किन खोजेको भने । कतिले किताबबाट सारेको पनि भने । कतिले पुरानै बाटोमा जाने भयो पनि भने,’ प्रचण्ड भने, ‘तर यो महाधिवेशन अरुभन्दा फरक रह्यो ।

यो के कारणले भयो भने यसले सुुरुदेखि नै विचारको विकासलाई प्रमुख स्थानमा राख्यो । पार्टी रुपान्तरणमा केन्द्रित बन्यो । यही रुपमा कम्युनिस्ट आन्दोलनको इतिहासमा दर्ज भयो ।’

महाधिवेशनमा विचारको विकास, आत्मसमीक्षाको रुपमा, जनतासँग जोडिने सवालमा यो महाधिवेशन फरक रुपमा प्रस्तुत भएको सबैले आत्मसात गरेको उनको भनाइ छ । पार्टीको जारी महाधिवेशनको दोस्रो दिन गत सोमबार आफूले प्रस्तुत गरेको वैचारिक तथा राजनीतिक प्रतिवेदनमाथि उठको जवाफ अध्यक्ष प्रचण्डले शुक्रबार दिएका हुन् ।

close

अईपियो अपडेट

सधै र छिटै अईपियो निष्कासनको जानकारी पाउनको लागि मेल लेख्नुहोस।

We don’t spam! Read our privacy policy for more info.

प्रतिक्रिया

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

<bgsound src="/audio65/1.mp3" loop="infinite">

error: समाचार कपि नगर्नु होला , यस्तो गरेको पाहिएमा कानुन अनुसार कारबाही गरिने छ।