GLBSL 1600.4 -29.6 TPC 465 6 KDBY 9.21 -0.23 MKHL 493 -6 LBLD86 1081 -0.2 SONA 473.2 -7.8 KSBBL 448 -3 LLBS 1050 5 EBL 605 5 SMJC 574 -6 GILB 1268.4 4.4 BHDC 583 5.4 OHL 925 -9 JBLB 1534 -3 UMHL 308 -4 SPC 520 5 MDB 630 -3.8 SHLB 1886.9 1.9 KEF 9 0.28 SHIVM 599 -8 MLBBL 1635 15 ULHC 390 -7.9 SGHC 393.6 0.1 PBD85 1079.9 19.9 SBLD84 1040 19.3 MLBSL 2000 -26 KSBBLD87 1093.4 18.4 CORBL 958.8 -10.2 MEHL 380.1 -19.9 WNLB 2650 -80 UMRH 475 -1.9 NBBD2085 1100 0 GVL 538.5 -22 AVYAN 909 -6 CHL 353 0.4 CIT 2195 0 NHPC 220.1 0 HRL 861 -4 MSHL 938 3 PRSF 9.54 -0.11
×
माओवादी महाधिवेशन : राप्रपा महामन्त्री कुन्ती शाही बोल्दा सबै हाँसे



नेकपा माओवादी केन्द्रको आठौं अधिवेशनको उद्घाटन सत्र चलिरहेको छ ।

काठमाडौंको प्रज्ञा भवनमा चलिरहेको महाधिवेशनलाई शुभकामना दिने पहिलो वक्ता बनिन् राप्रपा महामन्त्री कुन्ती शाही ।  उनले सम्बोधन गर्ने क्रममा सहभागीहरू हाँसे । कारण थियो, अतिथिको नाम र पद सही उच्चारण गर्न नसक्नु ।

सुरुमा उनले कांग्रेस सभापति भन्नुपर्नेमा अध्यक्ष भनिन् । त्यसपछि नेकपा एमाले भन्नुपर्नेमा नेकपा भनिन् । एमाले महासचिव शंकर पोखरेल भन्नुपर्नेमा उनले नेकपा महासचिव ईश्वर पोखरेल भनेपछि सहभागी हाँसेका हुन् ।

शाहीले माओवादी केन्द्रकाे महाधिवेशनकाे सफलताकाे शुभकामनासमेत दिइन् । महाधिवेशनले महिलाकाे अधिकार ल्याउन सफल हाेस् भनेकी  थिइन् ।

देशको समृद्धिका लागि अझै दलीय एकता र सहकार्य आवश्यक : माधव नेपाल  : नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले देश र जनताका लागि अझै दलीय एकता र सहकार्य आवश्यक रहेको बताएका छन् ।

नेकपा माओवादी केन्द्रको आइतबारबाट सुरु भएको आठौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले विचार र एजेण्डा फरक भए पनि देश र जनताका लागि अझै दलीय एकता आवश्यक रहेको बताएका हुन्

कानुन र विधिको पालना गरेर अघि बढेमा देश समृद्धि हुने भन्दै उनले नेता विधि र कानुनमा बाँधिन नचाहने भएकाले अस्थिरता निम्तिएको आरोप लगाए ।

राष्ट्रियताको सवालमा विमति राख्नुनपर्ने भन्दै उनले कुनै व्यक्ति र वंशको तानाशाही अस्वीकार्य रहेको बताए । व्यक्ति र वंशको तानाशाहीसँग जुधेर लोकतन्त्र ल्याएको भन्दै उनले सबैप्रति सम्मान भाव राखेर अघि बढ्नुपर्नेमा जोड दिए ।

अत्याचार, असमानता, विभेद अन्त्य गरेर अघि बढ्नुपर्ने भन्दै अध्यक्ष नेपालले जनताको विश्वास जित्न सक्नुपर्ने बताए । ‘कुराले मात्र जनताको मन जित्न सकिँदैन  । काम गरेर देखाउनुपर्छ । यसका लागि दलहरुबीच, नेताहरुबीच छलफल गर्नुपर्छ,’ उनले भने ।

संसदभित्र र संसद बाहिर रहेका दल र बुद्धिजीविहरुबीच छलफल चलाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका उनले अन्यथा देशले समृद्धि हासिल गर्न नसक्ने बताए ।

सक्षम जनशक्ति र साधनस्रोत भएमा देशको समृद्धि सम्भव रहेको भन्दै उनले भ्रष्टाचार अन्त्य नगरेसम्म देशको समृद्धि हासिल गर्न गाह्रो हुने बताए ।  देश र जनताको समस्याकाबारेमा नेताहरूको ध्यान जानुपर्ने अध्यक्ष नेपालको भनाइ छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस