NRM 426.1 -4.9 AHPC 267 -0.6 NSIF2 10.52 0.02 KSBBLD87 1093.4 18.4 NUBL 730 2.8 SMFBS 1505.2 6.2 PRVU 248 -10 SMPDA 910 -1 SLBSL 1398.4 21.4 SHL 512 -4.5 BOKD86 1040 18 UMHL 308 -4 DDBL 916.2 3.1 RMF2 9.21 -0.13 KBSH 2386 -9 DOLTI 538 10 NICSF 9.5 0.25 HHL 439 -3.2 NMB50 10.3 0.05 SPDL 310 5 NIL 912 8 CITY 805 -17 SFCL 704.1 63.6 GLH 244 -2 GILB 1268.4 4.4 KSBBL 448 -3 GUFL 735 5 RNLI 495.5 1.5 KEF 9 0.28 MANDU 885 -14 NIBLSTF 8.68 0 PPL 461 -2.5 BPCL 449 -7 SGIC 641.2 -4.8 CCBD88 1123.1 6.1 DLBS 1374 30 NIMB 241.9 -9.1 UMRH 475 -1.9 UNHPL 266 0 SWMF 812 -13
×
यी राशि हुनेलाई आज शेयर बजारबाट नसोचेको फाइदा हुने , हेर्नुहोस तपाईको राशिफल



आजको पात्रो : पुस, ११ गते, डिसेम्बर महिनाको २६ तारिक आइतवार । पौषकृष्णपक्ष सप्तमी तिथि, आज रविसप्तमीव्रत पनि हो । उत्तरफाल्गनी नक्षत्र, आयुष्मान योग, चन्द्रमा सिंह राशिमा रहेको छ । आज विहान सूर्योदय ६ः५४ मिनेटमा, सूर्यास्त ५ बजेर १४ मिनेटमा हुनेछ । हरेक आइतवारको दिन विहान सूर्योदयको दर्शन गरेर अघि बढ्नु उत्तम मानिन्छ ।

आज विहान ११ः४४ देखि १२ः२५ सम्म अभिजित मुहूर्त रहेको छ । यो समयमा शुभकार्य र नयाँ कामको थालनी गर्न सकिन्छ । बेलुका ३ः५९ देखि ०५ः१७ सम्म राहुकाल रहेको छ । सकेसम्म राहुकालको समयमा कुनैपनि शुभ कार्य नगर्नु भनेर उल्लेख गरिएको छ । आजको देवता चन्द्र र ग्रहदेव केतु रहेको छ । सरकारी कामकाग गर्नु छ भने आइतवारको दिन शुरुवात भयो भने साताभित्र काम सम्पन्न हुनेछ ।

आजको राशिफल :

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) :  आजको दिन स्वास्थ्यमा समस्या हुनसक्छ ख्याल राख्नुहोला । मनमा अनेक सोच र चिन्ता छाउने छ । त्यसैले मेष राशिका जातकले सकारात्मक सोच राख्नु होला । आजको दिन आर्थिक व्यय हुनेछ । आजको दिन उत्तर दिशा तर्फ यात्रा नगर्नुहोला ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) :  वृष राशिका जातका लागि आज अर्थलाभ हुनेछ । व्यापार ब्यवसायबाट नसोचेको आर्थिकलाभ प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । पूर्व दिशा तर्फको यात्रा फलदायी  हुनेछ । तपाईको मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह थपिने छ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह):  धनलाभ र नयाँ सुखद खबरले तपाईलाई खुसियाली छाउने छ । घर परिवार र आफन्तसँग केही विषयमा विवाद हुनसक्छ । त्यसैले आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा राम्रो हुनेछ । राम्रो काम गर्न खोज्दा पनि अनावश्यक आरोप लाग्न सक्छ । कम बोल्नु र आफ्नो नियमित काम गर्नु बुद्धिमानी हुनेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) :  आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने पश्चिम तर्फको यात्रा सफल हुनेछ । तपाईले सोच र परिवारका कुरा नमिल्दा नकारात्मक सोच आउनसक्छ । त्यसैले आजको दिन सोच विचार पुर्याएर निर्णय गर्नु वेश हुनेछ । आइतबारको दिन विहान सूर्योदयको दर्शन र कुमारी कन्यालाई केही उपहार र खानेकुरा दिनु वेश हुनेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) :  सिंह राशिका जातकले आइतबारको विहान सूर्योदयको दर्शन गर्नुहोला । आजको दिन तपाईको अनुकूल रहेको छ । त्यसैले केही नयाँ कामको शुरुवात गर्न सक्नुहुनेछ । तपाईले कसैलाई सहयोग गर्नुभए वापत तपाईलाई मानसम्मान मिल्नेछ । पारिवारका सदस्यहरुले समेत तपाईलाई तारिफ गर्नेछन् । कसैसँग पनि विवाद हुने काम नगर्नुहोला ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) :  छोटो दुरीको यात्रा हुनसक्छ । नयाँ र संत्सगी मित्रहरुहरुसँगको भेटले काममा उत्साह थपिने छ । आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउनसक्छ । आजको दिन नयाँ बस्त्र खरिद गरेर लगाउन राम्र्रो हुनेछ । कुनै कन्यालाई फल र दक्षिण दिनुभयो भने तपाईलाई उनको आशीर्वादले तपाईमा सकारात्मक सोच बढ्ने छ । बृद्ध व्यक्तिलाई खाना र नाना उपहार दिनु राम्रो हुनेछ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) :  मनमा सकारात्मक सोच राखेर काम गर्न आवश्यक छ । व्यापार ब्यबसायमा हुनुहुन्छ भने आजको दिन तपाईलाई हानीहुनसक्छ । यस्तो अवस्थामा धैर्यको आवश्यकता हुन्छ । आत्तिनु र दुःखी हुन भन्दा पनि सकारात्मक सोच राखेर अघि बढ्नु होला । अर्थलाभ हुनेछ, कसैप्रति गलत भावना नराख्नुहोला ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) :  विहान सूर्योदयको दर्शन गरेर अघि बढ्नु होला । मनमा प्रसन्नता र उत्साह बढ्ने छ । तपाईले कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ । आज शुरुवात गरेको कामबाट एक महिनाभित्र सफलता प्राप्त हुनेछ । नयाँ क्षेत्र र लगानीको काम गर्नुछ भने आज उपयुक्त समयमा काम अघि बढाउन सक्नुहुनेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) :  सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन ब्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थपिने छ । तपाईमाथि अनावश्यक आरोप लाग्नसक्छ । त्यसैले आजको दिन कुनै देवालय, शिवालयको यात्रापछि मात्र आजको दिनको शुरुवात गर्नुभयो भने ग्रहहरुको प्रभावले तपाईको कार्यकुशलता बृद्धि हुनेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) :  ब्यापार ब्यबसायबाट लाभ हुने देखिन्छ । परिवार र आफन्तजनको साथ सहयोगबाट तपाईले नयाँ काम शुरुवात गरौं भन्ने सल्लाह आउनसक्छ । सकारात्मक सोच र मनमा उर्जा थपिने छ । आफूले गरिरहेको कामबाट मानसम्मान प्राप्त हुनसक्छ । बृद्ध र बालकलाई मानसम्मान गर्नहोला ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : तपाईको मनमा आज  प्रसन्नता छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम  र शत्रुमाथि विजयप्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । सबैको हित हुने सोच र काम गर्नुभएको छ भने अप्रत्याशित फल प्राप्त हुनेछ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : विहान सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम छ । अध्ययन अध्यापनको क्षेत्रमा सफलता मिल्नेछ । कुनै नयाँ काम गर्न खोज्नुभएको छ भने आइतवारको दिन तपाईको लागि उत्तम दिन हो । सरकारी झमेलामा पर्नुभएको छ भने आजको दिन पहल गर्नुभयो भने साता भित्र तपाईको काम सम्पन्न हुनसक्नेछ । साँझको समयमा परिवारका सदस्यलाई केही खानेकुरा उपहार दिनुहोला ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस