×
Lagani
Lagani Shiksha gif
मध्य भोटेकोशीको शेयर नेप्सेमा सूचिकृत,आइतबार कारोबार हुने



मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको आईपीओ सूचिकृत भएको छ ।

कम्पनीले दोश्रो बजारमा कारोबारका लागि MBJC  सिम्बोल प्राप्त गरेको छ । अब आईतबारबाट दोश्रो बजारमा कम्पनीको कारोबार सुरू हुनेछ । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ९४ रूपैयाँ ३९ पैसादेखि अधिकतम २ सय ८३ रुपैयाँ १७ पैसासम्म ओपनिङ रेञ्ज कानिर्धारण गरेको छ ।

Lagani Shiksha gif
sharehubapk मध्य भोटेकोशीको शेयर नेप्सेमा सूचिकृत,आइतबार कारोबार हुने

95301cb4fa831fd9900d14b7a6a937ae page 001 scaled मध्य भोटेकोशीको शेयर नेप्सेमा सूचिकृत,आइतबार कारोबार हुने

मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेड प्रचलित कानुन बमोजिम २०६७ साल श्रावण १३ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको हो । यस कम्पनीको जलविद्युत आयोजना सिन्धुपाल्चोक जिल्लाको साविक गाति (बाह्बिसे न.पा. ५) र मार्मिङ गा.वि.स. (भोटेकोशी गा.पा. ५) मा रहेको छ । कम्पनीमा हाल चिलिमे जलविद्युत कम्पनी लि., नेपाल विद्युत प्राधिकरण, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी लि., सिन्धु इन्भेष्टमेन्ट कम्पनी प्रा.लि., नेपाल अरनिको हाइड्रोपावर कम्पनी लि. र सिन्धु भोटेकोशी हाइड्रोपावर लि. संस्थापक शेयरधनी रहेका छन्।

आयोजना सचांलन तथा सम्भार खर्च आ. व. २०७७/०७८ मा विद्युत बिक्रीको ५% रहने र तत्पश्चात उक्त अनुपातमा हरेक वर्ष ५% ले बृद्घि हुने अनुमान गरिएको छ । विद्युत ऐन २०४९ अनुसार नाफाबाट २% कर्मचारी बोनश व्यवस्था गरिएको छ । कम्पनीले आयोजना निर्माणको निमित्त त्रिपक्षिय ऋण सम्झौता (पूरक ऋण सम्झौता सहित) बमोजिम कर्मचारी संचय कोषसँग रु.८८८.८६४ करोड ऋण लिई आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको छ । कर्मचारी संचय कोषसँग लिएको रु.८८८.८६४ करोड ऋण र रु.६०० करोड शेयर पूँजी जारी समेत गरी आयोजना निर्माणको क्रममा हुन सक्ने अपुग रकम विभिन्न भुक्तानी व्यवस्थापन  र आन्तरीक प्रतिफलबाट व्यवस्थापन गर्ने योजना रहेको छ ।

आयोजनाको लागत प्रति मेगावाट (निर्माण अवधिको पूजींकृत व्याज समेत) रु.१६.६४ करोड रहने अनुमान गरिएको छ । नेपाल विद्युत प्राधिकरणसँग भएको विद्युत खरीद – बिक्री सम्झौता अनुसार व्यापारीक उत्पादन सुरु भए पश्चात विद्युत बिक्रीबाट प्राप्त हुने रकममा वर्षको अन्तिम महिनाको बिल रकम बक्यौताको रुपमा रहने गरी प्रक्षेपण गरिएको छ । व्यापारीक उत्पादन सुरु भएको १५ वर्षसम्म नेपाल सरकारलाई तिर्नु पर्ने जडित क्षमताको रोयल्टीे दर प्रति किलोवाट रु.२००  र विद्युत बिक्रिबाट हुने आम्दानीको रोयल्टी दर २% हुने गरी वित्तिय विवरणमा प्रक्षेपण गरिएको छ ।

क्यापिटलका अनुसार कम्पनीको उक्त आईपीओमा २३ लाख ९० हजार २१८ लगानीकर्ताले ३ अर्ब ४१ करोड ८३ लाख २९ हजार रुपैयाँ बराबरको सेयर खरिदका लागि आवेदन दिएका थिए । जसमध्ये ९५ हजार ७२२ आवेदन रद्द भएको छ । बाँकी २२ लाख ९४ हजार ४९६ आवेदन स्वीकृत भएको छ । स्वीकृत भएको आवेदनमध्ये ८ लाख १९ हजार आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् ।

मध्य भोटेकोशी जलविद्युत कम्पनीले २० असोजदेखि २५ असोजसम्मको लागि सर्वसाधारणमा प्राथमिक सेयर (आईपीओ) निष्काशनमा ल्याएको थियो । कम्पनीले सर्बसाधारणलाई बाँकी ९० लाख कित्ता सेयर निष्काशन गरेको थियो । कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ९० करोड बराबरको ९० लाख कित्ता सेयर निष्काशनमा ल्याएको थियो ।

केयर रेटिङ नेपालले कम्पनीको आईपिओलाई केयर एनपी डबल बी इस्युअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ। कम्पनीले गत वैशाख ५ गते नेपाल धितोपत्र बोर्डबाट कुल १ करोड ५० लाख कित्ता आईपीओ निष्काशनको अनुमति पाएको थियो ।

सिन्धुपाल्चोक जिल्लामा निर्माणाधिन १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजना निर्माण गरिरहेको कम्पनीको अधिकृत पुँजी ६ अर्ब २१ करोड तथा जारी पुँजी ६ अर्ब रुपैयाँ रहेको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस