×
समता घरेलु लघुवित्तले बोलायो साधारणसभा  , यस्ता छन् एजेण्डा



समता घरेलु लघुवित्तले ७ पुसमा वार्षिक साधारणसभा बोलाएको छ ।

कम्पनीले मिराबेल रिर्सोट एन्ड होटल धुलिखेल काभ्रेपलाञ्चोकमा बिहान ११ः३० बजे सभा आह्वान गरेको हो ।सभामा आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र पाँच प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ । त्यस्तै, लघुवित्तको सेयर संरचना ७० प्रतिशत संस्थापक र ३० प्रतिशत सर्वसाधारणतर्फको हुनेगरी सर्वसाधारणलाई एफपीओ निष्कासन गर्ने प्रस्ताव पेस छ ।

अन्य कुनै लघुवित्तलाई एक्वायर गर्नुपर्ने भएमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने, आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विवरणमा छलफल हुने लगायतका एजेण्डा छन् ।

त्यस्तै, संस्थाको केन्द्रीय कार्यलय बनेपा ७ काभ्रेपलाञ्चोकमा स्थान्तरण गर्ने प्रस्ताव पनि छ । कम्पनीले सभा प्रयोजनार्थ २४ मंसिरदेखि ७ पुससम्म बुक क्लोज गरेको छ । यसअनुसार, २३ मंसिरसम्म नेप्सेमा कायम रहेका सेयरधनीले मात्र सभामा सहभागिता जनाउन तथा लाभांश पाउनेछन् । समता र घरेलु लघुवित्त मर्जर भएर २ वैशाखदेखि एकीकृत कारोबार भएका कारण घोषित लाभांश रकममा कर छुट हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस