×
Lagani
Lagani Shiksha gif
राष्ट्रिय वाणिज्य बैंकले गर्यो ३ करोड रुपैयाँ आर्थिक सहयोग



रसुवामा भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ३ करोड रुपैयाँ सहयोग गरेको छ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल सरकारद्वारा स्थापना गरिएको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो।

Lagani Shiksha gif
sharehubapk राष्ट्रिय वाणिज्य बैंकले गर्यो ३ करोड रुपैयाँ आर्थिक सहयोग

बिहीबार बैंकका सञ्चालक समिति अध्यक्ष डा. सुमन दाहालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई ३ करोड रुपैयाँको चेक हस्तान्तरण गरे। चेक हस्तान्तरण कार्यक्रममा बैंक सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृत, कम्पनी सचिवलगायत कर्मचारीहरूको सहभागिता थियो।

भोटेकोशीसँगै त्रिशूली नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको छ। बाढी तथा त्यसबाट उत्पन्न विपद्का कारण धेरै नागरिक बेपत्ता भएका छन् भने प्रभावित क्षेत्रमा उद्धार र राहत कार्य जारी छ।

बैंकले बाढी प्रभावित परिवारलाई राहत, खाद्यान्न, अस्थायी आवास तथा अन्य आवश्यक मानवीय सहायता उपलब्ध गराउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत आर्थिक सहयोग गरेको जनाएको छ।

राष्ट्रिय वाणिज्य बैंकले विपद्का क्रममा ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ता तथा घाइतेहरूको शीघ्र उद्धार र उपचारको कामना गरेको छ। साथै, बैंकले विपद्बाट प्रभावित समुदायप्रति गहिरो समवेदना व्यक्त गरेको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस