×
Lagani
Lagani Shiksha gif
ओलीबाट देश जोगाएँ, अब कांग्रेस जोगाउन जिताउनुस् साथीहरु : शेरबहादुर देउवा



पाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताले ओलीको सासनबाट मुक्ति पाएको भन्दै अबको अवस्थालाई बचाएर लैजान पार्टीको जिम्मा आफूले लिएको बताएका छन् ।

१४औं महाधिवेशन उद्घाटन सत्रमा बोल्दै उनले ओलीबाट बचाएर देशलाई अघि ल्याएको भन्दै अब आफू पार्टीलाई बचाउन तयार रहेको बताए । उनले निकट भविश्यमा हुन लागेका तीनवटै तहको निर्वाचनमा बिजयी बन्न पनि कांग्रेस मिलेर जानुपर्ने बताए ।

Lagani Shiksha gif
sharehubapk ओलीबाट देश जोगाएँ, अब कांग्रेस जोगाउन जिताउनुस् साथीहरु : शेरबहादुर देउवा

उनले डर र त्रासबाट मुक्त शासन ल्याउनका लागि आफूले जित्नु पर्ने बताएका हुन् ।

कांग्रेसको सरकार रहिरहे स्थानीय सरकार आफ्नै हुने उनको भनाइ थियो। ‘कांग्रेसको सरकार रहिरह्यो भने स्थानीय सरकार कांग्रेसको हुनेछ। राष्ट्रिय सरकार कांग्रेसको हुनेछ। त्यसका लागि मलाई यसपटक जिताइदिनुस्।’ उनले कांग्रेस सरकार रहिरहे स्थानीय र संघीय सरकारको नेतृत्व पनि कांग्रेसको हुने भन्दै आफुलाई जिताउन आग्रह गरे ।

‘कांग्रेस सरकार रहिरहे आगामी सत्ता पनि कांग्रेसकै हुन्छ त्यसकारण मलाई जिताइदिनुस् साथीहरु ।’ देउवाले संक्षिप्त मन्तव्यका क्रममा भने ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस