SDLBSL 765 0 CBLD88 1050 19 DDBL 708 -5 GHL 152.5 -2.5 SMFBS 1161.2 -57.8 ALICL 555 0.1 MFLD85 1001.1 10.1 BHL 344.7 -3.3 NICFC 8.51 -0.02 UNLB 1697.9 -2.1 FMDBL 616 -13 LBBLD89 1080 20 SINDU 360 -5.3 ENL 796.8 -8.2 MEN 511 -1 PBD88 1017 9 NMBMF 605 -10 GUFL 823 -5.5 NMB50 9.5 0.1 SFMF 9.81 -0.1 KDL 771 -28.9 PMLI 508 0 LSL 150.9 -1.9 BARUN 240.1 -1 MHNL 236.9 8.7 GILB 986.4 -34.6 SLCF 7.8 -0.1 SHPC 327.2 -6.8 MAKAR 405 5 HHL 385 11.9 GBLBS 636 1 NADEP 714.5 -2.5 BNL 16210 -1012 TPC 511 9 PFL 525 -21 JBLB 1322 7 HLBSL 742 -2.4 PSF 8.57 -0.13 MBLD2085 1010 10 MEHL 329 -3
×
आइपीओ निष्कासनको तयारीमा रहेको राष्ट्र उत्थान लघुवित्तले बोलायो साधारण सभा



राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको तेस्रो वार्षिक साधारण सभा पुस १५ गते हुने भएको छ ।

सभा कम्पनीको केन्द्रीय, कार्यालय साँगा, काभ्रेपलाञ्चोकमा अपरान्ह्र १ बजे शुरु हुने कम्पनीले जानकारी गराएको हो ।सभा कम्पनीको केन्द्रीय कार्यालय साँगा बनेपामा दिउँसो १ बजे सुरु हुनेछ । सभामा अन्य कुनै कम्पनीहरुसँग मर्जर तथा प्राप्ति सम्बन्धी निर्णय गर्ने सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव छ ।

कम्पनीको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । त्यस्तै राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड आईपीओ निष्कासन गर्ने तयारीमा रहेको  छ। संस्थाले ८ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्कासनको तयारी गरेको हो। संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ८ लाख ५० हजार कित्ता आईपीओ जारी गर्नेछ।

कम्पनीले रू. ८ करोड ५० लाख बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ । कम्पनीले सञ्चालन नाफा पनि २ करोड रुपैयाँबाट बढाएर ७ करोड ७० लाख रुपैयाँ पुर्याएको छ । असारसम्म ६४ करोड रुपैयाँ निक्षेप संकलन गरेको कम्पनीले २ अर्ब ५८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले एनआईबिएल एस क्यापिटललाई सार्वजनिक निष्काशन गर्नका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ । उक्त सम्झौतामा राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको तर्फबाट नायब कार्यकारी निर्देशक जया लोहनी तथा एनआईबिएल एस क्यापिटलको तर्फबाट सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् ।

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओलाई इक्रा नेपालले आईआर बीबी रेटिङ्ग  प्रदान गरेको छ । उक्त रेटिङ्ग प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पुरा गर्न चुक्ने सम्वन्धमा मध्यम जोखिम रहेको मानिने इक्रा नेपालले बताएको छ । उक्त रेटिङ्ग निष्कासनकर्ताको सामान्य क्रेडिट बिश्वसनीयता सम्बन्धी राय मात्र भएको पनि इक्रा नेपालले बताएको छ ।\

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस