×
Lagani
Lagani Shiksha gif
रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट , यसरि हेर्नुहोस नतिजा।



रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक सेयर (आईपीओ) आज  बाँडफाँट गरेको छ।

कम्पनीले गत पुस ७ गतेदेखि ११ गतेसम्म प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले कुल ९ लाख २४ हजार ७६८ कित्ता सेयर बिक्री खुला गरेको थियो। बुक बिल्डिङ्ग विधिमार्फत निष्काशन गरिएको यस सेयरमा लगानीकर्ताहरूको उत्साहजनक सहभागिता देखिएको थियो। निष्काशन अवधिभर कुल ५ लाख ३२ हजार ८८८ जनाले आवेदन दिएकोमा ५ लाख १९ हजार ४६ वटा आवेदन मात्रै प्रक्रियाका लागि स्वीकृत भएका थिए भने बाँकी १३ हजार ८४२ आवेदनहरू रितपूर्वक नभएका कारण रद्द गरिएको बिक्री प्रबन्धकले जनाएको छ।

Lagani Shiksha gif
sharehubapk रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट , यसरि हेर्नुहोस नतिजा।

मागभन्दा बढी आवेदन परेका कारण धितोपत्र बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा प्रक्रियाबाट सेयर बाँडफाँट गरिएको हो। जसअनुसार कुल आवेदकहरूमध्ये भाग्यमानी १८ हजार ४९५ जनाले ५० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। यसरी बाँडफाँट गरेर बाँकी रहेको १८ कित्ता सेयर भने सोही सफल आवेदकहरूमध्ये १८ जनालाई थप एक-एक कित्ताका दरले वितरण गरिएको छ, जसले गर्दा ती १८ जनाले कुल ५१ कित्ता सेयर हात पारेका छन्। संस्थागत लगानीकर्ताका लागि निर्धारित ९१२ रुपैयाँको ‘कट-अफ’ मूल्यमा १० प्रतिशत छुट दिएर सर्वसाधारणलाई यो सेयर उपलब्ध गराइएको थियो।

आईपीओ बाँडफाँटपश्चात अब कम्पनीको सेयर दोस्रो बजारमा कारोबार हुनका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत हुने प्रक्रिया अगाडि बढ्नेछ। पहिलो कारोबारका लागि नेप्सेले कम्पनीको वास्तविक प्रतिसेयर नेटवर्थका आधारमा ओपनिङ्ग रेञ्ज प्रदान गर्ने गर्दछ। नियम अनुसार नेप्सेले वास्तविक नेटवर्थको अधिकतम ३ गुणासम्म ओपनिङ्ग रेञ्ज दिने प्रावधान रहेको छ। आर्थिक वर्ष २०८१/८२ को विवरण अनुसार कम्पनीको वास्तविक प्रतिसेयर नेटवर्थ २५० रुपैयाँ ८० पैसा रहेको छ। यस आधारमा नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्यूनतम २५० रुपैयाँ ८० पैसादेखि अधिकतम ७५२ रुपैयाँ ४० पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गर्ने देखिन्छ।

लगानीकर्ताहरूले सिडीएससीको आधिकारिक आईपीओ नतिजा पोर्टल https://iporesult.cdsc.com.np/ मा गई आफ्नो १६ अंकको बीओआईडी (BOID) नम्बर राखेर नतिजा हेर्न सक्नेछन्। यसका साथै बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइट र मेरो सेयर (Mero Share) को एप्लिकेसन रिपोर्ट सेक्सनबाट पनि आफूलाई सेयर परे/नपरेको जानकारी लिन सकिन्छ। कर्मचारी र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि यसअघि नै सेयर बाँडफाँट गरिसकेको कम्पनीले अब सर्वसाधारणका लागि पनि यो प्रक्रिया सम्पन्न गरेसँगै छिट्टै दोस्रो बजारमा यसको कारोबार सुरु हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस