×
Lagani
Lagani Shiksha gif
सिभिल बैंकले २४ मंसिरदेखि ऋणपत्र निष्कासन गर्ने



सिभिल बैंकले २४ मंसिरदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदरमा  ‘सिभिल बैंक डिबेञ्चर २०८८’ निष्कासन तथा बिक्री खुला गर्न लागेको हो ।

बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्यको तीन अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । सोमध्ये एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ । बाँकी एक अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ। सर्वसाधारणका लागि बिक्री गरिने ऋणपत्रमध्ये पाँच प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सो ऋणपत्रको अवधि १० वर्ष रहनेछ।

Lagani Shiksha gif
sharehubapk सिभिल बैंकले २४ मंसिरदेखि ऋणपत्र निष्कासन गर्ने

बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन्।

यसमा लगानीकर्ताले न्यूनतम २५ इकाईदेखि अधिकतम सबै इकाईका लागि आवेदन दिन सकिनेछ । यसमा लगानीकर्ताले छिटोमा २८ मंसिरसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा सबै एकाइ बिक्री नभएमा भने ९ पुससम्म खुला रहनेछ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस