MATRI 1405 -8 ACLBSL 1035 0 BARUN 379 -6.1 NMFBS 1435 1 ENL 1102 -18 MEL 292 2 SRLI 443.1 -4.9 SKBBL 934 -3 LLBS 1050 5 MBJC 321 -8 KRBL 613 0 RSDC 735 0 JOSHI 305 -6.8 SBID83 1098 8.7 KEF 9 0.28 NIBSF2 8.9 0.08 SGIC 641.2 -4.8 NICA 452 -13 JFL 655 6 H8020 10.2 -0.05 SWMF 812 -13 CFCL 647 27.1 KBLD86 1115 0 NSIF2 10.52 0.02 NBF3 9.04 0.17 MHCL 410 -7 RBCLPO 12300 88 KDBY 9.21 -0.23 NGPL 472 -2.9 BNHC 466.9 0.7 HLBSL 1010 -10 CYCL 1540 -7 NIBLGF 9.1 0.38 C30MF 9.74 0 NTC 980.1 -2.4 MSLB 1564 -70 NESDO 2229 -18 GMFBS 1512.1 -16.9 NIBD84 1030 -20 NUBL 730 2.8
×
आफुलाई अध्यक्ष बनाउन ओलीले दिए भीम, सुवास र विष्णुलाई यस्तो प्रस्ताव



१०औं महाधिवेशनमा सर्वसम्मत नेतृत्वको नाम प्रस्ताव गर्ने अधिकार पाएका केपी ओलीले अध्यक्षको दाबी गरिरहेका भीम रावल, वरिष्ठ उपाध्यक्षको दाबी गरिरहेका सुवास नेम्वाङ र महासचिवको दाबी गरिरहेका विष्णु पौडेललाई उपाध्यक्ष पदमा सहमतिमा आउन आग्रह गरेका छन् ।

बन्दसत्रले आइतबार राति ओलीलाई सर्वसम्मत नेतृत्वको प्रस्ताव गर्ने अधिकार दिएपछि रावलको असहमतिका बीच ओली आकांक्षी नेताहरूसँग एकल र सामूहिक भेटवार्ता गरिरहेका छन् ।

भेटका क्रममा उनले आकांक्षी नेताहरूलाई व्यवस्थापन गर्न विभिन्न विकल्पमा मनाउने प्रयास गरिरहेका छन् । तर अहिलेसम्म रावलसँग ओलीले संवाद गरेका छैनन् । ओलीलाई लाइनमा गएर नभेट्ने अडान राख्दै रावल भेट्न नगएका हुन् ।

रावल निकट एक नेताका अनुसार ओलीले आफूलाई भेट्न पालो कुरिरहेका नेता सकिएपछि मात्र रावलसँग कुरा गर्ने बताएका कारण रावलले भने चुनावी प्रचार थालेका छन् ।

आफ्नै टिम मिलाउन सकस परिरहेका वेला ओलीले नेताहरूलाई विभिन्न विकल्पसमेत दिएका छन् । राष्ट्रपति बनाउने आश्वासन नमानेपछि ओलीले नेम्वाङलाई उपाध्यक्षमै बस्न प्रस्ताव गरे पनि सो पदका अन्य आकांक्षीलाई कसरी व्यवस्थापन गर्ने भन्ने समस्या छ ।

उपाध्यक्षको दाबी गरिरहेका नेतालाई उपमहासचिवमा व्यवस्थापन गर्ने भनिए पनि माओवादी खेमाबाट आएका नेताहरूमध्ये एकजनालाई उपाध्यक्ष र एकजनालाई सचिव दिनैपर्ने दबाबमा ओली छन् ।

दबाबमा परेपछि ओलीले १० बुँदे पक्षधर नेताहरूलाई पदाधिकारीका लागि सर्वसम्मत नाम दिने विकल्प अघि सारे पनि सो समूहका सबैजसो नेता उम्मेदवार भएका कारण आन्तरिक छलफल हुन नसकेको एक नेताले बताए । तर, आइतबार बिहान उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य भने ओलीसँग भेट गरे फर्केका छन् ।

सहमति नभएसम्म बन्दसत्र हलमा नजाने अडानमा रहेका ओलीका कारण कतिपय प्रतिनिधि भने अधिवेशन लम्बिने चिन्तामा छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस