×
केपी ओली जहाजमा, भीम रावल सडकमा



नेकपा एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावल चितवन आइपुगेका छन् ।

१०औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका रावल बिहीबार अपराह्न चितवनको सौराहा आइपुगेका हुन् ।  रावल स्थलमार्ग अर्थात् सडकमार्गबाट महाधिवेशनस्थल आइपुगेका हुन् ।

वर्तमान अध्यक्ष केपी शर्मा ओली भने सुवासचन्द्र नेम्वाङ, गोकर्ण विष्टसहित जहाजबाट उडेर चितवन आएका थिए । ओली जहाजबाट भरतपुर ओर्लिँदा भीम रावल सडकको जाम छिचोल्दै कार्यकर्ताका साथ चितवन आइपुगेका हुन् ।

शुक्रबारबाट सुरू हुने महाधिवेशनमा सहभागी हुन ओली चितवन आइपुगेका हुन् । उनीसँगै ओलीपत्नी राधिका शाक्य, सुवास नेम्वाङ, गोकर्ण विष्टसहितका नेता चितवन आइपुगेका छन् । बुद्ध एयरको विमानस्थलबाट भरतपुर अवतरण गरेका ओली सिधै सौराहा गएका छन् ।

उनी सौराहामै व्यवस्था गरिएको छ । शुक्रबार नारायणी नदी किनारमा उद्घाटन कार्यक्रम हुनेछ भने बन्द सत्र सौराहामा हुनेछ । ओली सौराहामै बस्ने भएका हुन् ।  एमालेको १०औँ महाधिवेशन १०–१२मंसिरमा हुनेछ ।

kpoli 4 केपी ओली जहाजमा, भीम रावल सडकमा kpoli 1 केपी ओली जहाजमा, भीम रावल सडकमा 260905712 943183073287804 1846158475527638959 n केपी ओली जहाजमा, भीम रावल सडकमा

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस