HLBSL 1291.5 11.5 TVCL 524 27 MLBLD89 1120.9 -4.1 JSLBB 1448 22.9 CIZBD90 1050 -8 SCBD 1127 -23 GMFIL 534.1 14.1 ULBSL 2104 118.7 KSBBLD87 1005 -20 NMLBBL 731.8 11.6 SHIVM 510.1 7.8 BHL 431.2 16.2 NBL 229.4 -0.1 CBLD88 1162 -23.8 PCBL 223 1.2 SWBBL 955 15 NGPL 368 27 GWFD83 1226 0 DOLTI 487 25 SAPDBL 441.3 11.3 MEN 621 24 SSHL 187.9 8.9 NMBMF 770 10 MCHL 479 30 HEI 640.3 8.3 NIBLGF 9.58 -1.06 KKHC 252 13.1 NYADI 360 10 VLUCL 553.7 24.7 AKPL 194.4 9.4 SARBTM 819.9 13.4 MND84/85 985 0 HPPL 313.9 7.9 MKJC 578 2 SBID89 975 -16.5 MLBS 1405 5 SHINE 414 8.9 GCIL 504.4 8.4 NMB50 10.2 0.16 BHDC 600 20
×
कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगर फेरीपनि उत्कृष्ट।



कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका उत्कृष्ट पालिका घोषित भएको छ ।

देशभरिका अन्य छ महानगरपालिकाभन्दा भरतपुर उत्कृष्ट भएको हो । आयोगले गत आर्थिक वर्ष २०७९/०८० मा गरेको कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगर नै पहिलो भएको थियो ।

आगामी आव २०८१/८२ मा संघीय सरकारबाट प्रदेश र स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको प्रयोजनका लागि आयोगले १० वटा सूचकका आधारमा प्रदेशहरुको मूल्याङ्कन गरेको छ ।

कार्यसम्पादन मूल्यांकनमा स्थानीय तहमध्ये भरतपुर महानगरपालिकाले सवैभन्दा धेरै ५६.२९ अंक ल्याएको छ ।यस्तै, काठमाडौंले ३९.०२, वीरगञ्जले ३३.४९, विराटनगरले ३२.८५, ललितपुरले २५.१८, पोखरा २०.७४ अंक प्राप्त गरेकाे छ। आर्थिक वर्ष २०७९/८०को प्रदेश र स्थानीय सरकारको प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनको प्रारम्भिक घोषणा गरेको छ । आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि २०७८ अनुसार विभिन्न १७ सूचकको आधारमा मूल्यांकन गरेको छ ।

भरतपुर महानगरपालिका प्रमुख रेणू दाहालले आयोगले अध्ययन सुरु गरेपछि सधैँ भरतपुर महानगरपालिका अन्य महानगरभन्दा अगाडि रहेको बताइन् । गत वर्ष पनि महानगरले प्रथम स्थान हासिल गरेको र अहिले पनि यो काम राखेकोमा खुसी व्यक्त गरिन् ।

महानगरपालिकाले नेपाल सरकारले गर्ने मूल्याङ्कनमा सधै उत्कृष्ट राख्दै नयाँ रेकर्ड पनि कायम गर्दै आएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस