×
एमाले महाधिवेसन : ७ करोड ५० लाख खर्चको प्रक्षेपण, विधान महाधिवेशनभन्दा अढाई करोड खर्चिलो



नेकपा एमालेको १०औं महाधिवेशनमा ७ करोड ५० लाख खर्च हुने प्रक्षेपण गर्दै तयारी सुरु गरिएको छ ।

महाधिवेशन आर्थिक कमिटीका संयोजक बिष्णु रिमालका अनुसार नवौं महाधिवेशन भन्दा १०औं महाधिवेशनमा तीन करोड बढी खर्च हुने प्रक्षेपण गरिएको हो ।

महाधिवेशन केन्द्रित नवयुग बुलेटिनमार्फत आर्थिक संयोजक रिमालले सो प्रक्षेपणका बारेमा जानकारी दिएका हुन् । ‘नवौं महाधिवेशनमा ४ करोड ५० लाख खर्च भएको थियो । १०औं महाधिवेशनमा ७ करोड ५० लाख खर्च हुने अनुमान गरेका छौं,’ उनले भने । उनका अनुसार आठौं महाधिवेसन भने २ करोड २५ लाखमा सम्पन्न गरेको थियो ।

६ हजार ४ सय ३५ प्रतिनिधि उपस्थित भएको विद्यान महाधिवेशनमा करिव ५ करोड खर्च गरेको एमालले विद्यान महाधिवेशन र १०औं महाधिवेशन गरी यसै वर्ष १२ करोड ५० खर्च गर्ने भएको छ । तर, चितवन महाधिवेशनमा होटलका ३५ सय कोठा बुक गरेको तथा नयाँ मञ्च बनाउनु पर्नेलगायतका कारण विद्यान महाधिवेशन भन्दा नयाँ नेतृत्व चयन गर्ने महाधिवेशन खर्चिलो हुन पुगेको रिमालको भनाई छ ।

हालै नविकरण भएका ८ लाख ५५ हजार ४ सय ५३ सदस्यलाई १–१ सय रुपैयाँ सहयोग गर्न आह्वान गरेको जनाउँदै अधिकांश रकम सोही प्रक्रियाबाट संकलन गर्ने योजना एमालेले बनाएको छ । त्यसका लागि बैंक खाता सार्वजनिक गर्दै ई–सेवा र फोन पेवाट रकम जम्मा गर्ने सुविधा एमालेले बनाएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस