×
Lagani
Lagani Shiksha gif
राष्ट्र बैंकले माग्यो कर्मचारी , तलब १ लाख ९० हजार !



नेपाल राष्ट्र बैंकले समस्याग्रस्त सुपर लघुवित्त वित्तीय संस्था लिमिटेड, तुलसीपुर, दाङको व्यवस्थापन तथा सञ्चालनका लागि दुई जना व्यक्तिको लागि जागिर खुलाएको छ।

नेपाल राष्ट्र बैंकले व्यवस्थापन तथा सञ्चालन व्यक्ति सम्मिलित व्यवस्थापन समूह गठन गर्ने सिलसिलामा संयोजक र सदस्य पदका लागि आवेदन खुलाएको हो। वर्ष सेवा अवधि रहने गरि खुलाएको विज्ञापनमा दरखास्त दिने अन्तिम मितिमा उम्मेदवार ६५ वर्ष ननाघेको हुनु पर्ने राष्ट्र बैंकले जनाएको छ। परीक्षाको किसिम  कार्ययोजना तथा सोको प्रस्तुतीकरण र अन्तर्वार्तामा हुने छ।

Lagani Shiksha gif

संयोजकको लागि मासिक  पारिश्रमिक रु १,९०,०००  (अक्षरेपि एक लाख नब्बे हजार मात्र) तथा सदस्यको लागि रु.१,५०,००० (अक्षरेपि एक लाख पचास हजार मात्र) तोकिएको छ। साथै दसैं खर्चबापत एक महिनाको पारिश्रमिक बराबरको रकम प्रदान गरिने जनाएको छ।

हेर्नुहोस विज्ञापन : 

2023 06 29 12 08 04 gopa asar 14 00011 राष्ट्र बैंकले माग्यो कर्मचारी , तलब १ लाख ९० हजार !

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस