×
Lagani
Lagani Shiksha gif
सत प्रतिशत हकप्रद शेयर निष्कासन गर्दै तेह्रथुम पावर।



तेह्रथुम पावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने भएको हो। उक्त निर्णय  असार १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले  गरेको हो । हकप्रद विक्रीबाट संकलन भएको रकम कम्पनीद्वारा प्रवर्द्धित क्यासकेट परियोजनाको रुपमा रहेको २ मेगवाट क्षमताको खोरुङ्गा ताङ्गमाया खोला जलविद्युत आयोजना निर्माण र अन्य लाभदायक हाइड्रोपावर कम्पनीमा लगानी गर्ने जानकारी कम्पनीले दिएको छ ।

Lagani Shiksha gif
sharehubapk सत प्रतिशत हकप्रद शेयर निष्कासन गर्दै तेह्रथुम पावर।

रू. ४० करोड चुक्तापूँजी  रहेको कम्पनीले  ४० करोड बराबरको हकप्रद शेयर निष्कासनपछि कम्पनीको चक्तापूँजी रू. ८० करोड पुग्नेछ । उक्त प्रस्ताब कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएपछि नियामक निकायहरूले स्वीकृति दिएमा मात्र निष्कासनमा आउनेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस