×
सूर्योदय वोमी र महुली लघुवित्तको संस्थापक सेयर बिक्रीमा



एनआईसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको सूर्योदय वोमी र महुली लघुवित्तको संस्थापक सेयर बुधबारबाट लिलामी बिक्री खुला गरेको छ ।

जसमा सूर्योदय वोमीको १ लाख ६ हजार ९०० र महुलीको ५ हजार १८३ कित्ता सेयर रहेको छ ।  लगानीकर्ताले सूर्योदय वोमीको सेयरमा न्यूनतम २१७ रुपैयाँ र महुलीको सेयरमा न्यूनतम २७५ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । यसमा असार १३ गतेसम्म बोलपत्र पेस गर्न सकिनेछ ।

दुवै कम्पनीको लिलामी आवेदन एनआईसी एसिया क्यापिटल बबरमहल, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सकिनेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस