×
जलहरीका बारेमा प्रधानमन्त्री प्रचण्डले संसदमा जवाफ दिने । 



पशुपतिनाथ मन्दिरमा चढाइएको जलहरीका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने भएका छन् ।

सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा प्रमुख दलका शिर्ष नेतासँग भएको छलफलमा सो सहमति भएको हो । सो सहमतिसँगै अबरुद्ध संसद आजवाट खुल्ने भएको छ ।

IELTS PTE copy जलहरीका बारेमा प्रधानमन्त्री प्रचण्डले संसदमा जवाफ दिने । 

‘भ्रम सिर्जना हुने गरी तथ्यहिन र आधारहीन अभिव्यक्ति दिनु गलत भएकाले संसदकाे रेकर्डवाट साे हटाइने छ र यसलाई गलत भनेरै जानुपर्छ भन्नेमा तीन शिर्ष नेता बिच सहमति भएको छ,’ एमाले सचतेक पदम गिरीले भने, ‘सो सहमतिसँगै आज संसद खुल्ने भएको छ ।’

पशुपतिनाथमा चढाइएको जलहरीमा अनियमितता भएको भन्दै नेकपा माओवादी केन्द्रका सांसद राजन दाहालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम लिए पछि एमालेले हिजो संसद अबरुद्ध गरेको थियो । सो अभिब्यक्तिलाई लिएर माओवादीले माफी माग्नु पर्ने अथवा सो बारेमा छानबिन गरे ‘सुन हो कि पित्तल’ छुटाउनु पर्ने अडान राखे पछि हिजो संसद चल्न सकेको थिएन ।

पशुपतिमा चढाईएको सुनमध्ये ११ किलो हराए पछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको बेला माओवादी सांसद दाहालले सो बिषयलाई एकाएक संसदमा प्रवेश गराए पछि स्थीति असामान्य बन्न पुगेको थियाे ।

सांसद दाहालले दिएको अभिब्यक्ति गैर जिम्मेवार भन्ने निष्कर्ष पछि सो अभिब्यक्ति संसदको रेकर्डवाटसमेत हटाउने सहमति भएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस