MERO 760 0.5 NLIC 814 -13.4 PBD85 1079.9 19.9 SIGS3 9.45 0.09 GUFL 735 5 EHPL 840 7.9 OHL 925 -9 RNLI 495.5 1.5 SAGF 9.31 0.01 NIBD2082 1099 0 PBD84 1065 1.7 HDHPC 208.8 -4.1 ILI 483.5 -2.5 GLBSL 1600.4 -29.6 SFMF 10.2 -0.2 ALICL 714.5 -1.2 NESDO 2229 -18 HATHY 1322 13 NIMB 241.9 -9.1 SPC 520 5 LEC 276.8 -6 MCHL 488.3 -3.7 NMB50 10.3 0.05 RURU 740 -9.8 RAWA 889 29 GMFBS 1512.1 -16.9 SANIMA 326 -10.2 SRBLD83 1065 -10 LSL 253.5 -5.5 SADBL 419 -1 NWCL 975 -13.9 CMF1 10.5 -0.2 KEF 9 0.28 HURJA 220 -4.6 KBLD89 1156 1 NICFC 8.97 -0.33 CBBL 980 1 PRSF 9.54 -0.11 SFCL 704.1 63.6 LUK 9.21 -0.09
×
थ्रीस्टार हाइड्रोपावरकाे आइपीओमा आवेदन दिने आज अन्तिम दिन



थ्रीस्टार हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज जेठ ९ गते मंगलबार अन्तिम दिन हो ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले आज कार्यालय समयभित्र यस कम्पनीको आइपीओमा आवेदन दिन सक्नेछन् । यस कम्पनीले वैशाख ११ गतेदेखि आइपीओ बिक्री खुला गरेको हो । हाइड्रोपावरले जारी पुँजी ४९ करोड २५ लाख रुपैयाँको ४ करोड ९२ लाख ५० हजार रुपैयाँ बराबरको आइपीओ स्थानीय बासिन्दाहरुका लागि जारी गरेको छ ।

जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा ४ लाख ९२ हजार ५०० कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गरेको छ ।

यस आइपीओमा खोटाङ जिल्ला हलेसी तुवाचुङ नगरपालिका वडा नं. १ देखि ११ साविकको बाहुनीडाँडा, डिकुवा, च्याम्सिटार, बडहरे, दुर्छिम, मंगलटार, महादेवस्थान, धितुङ, सल्ले, अर्खले र राजापानी गाविसका सम्पूर्ण वडा बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।

यस्तै, दिप्रुङ चुईचुम्मा गाउँपालिका वडा नं। १ देखि ७ ९साविकको याम्खा, डाडागाउँ, छोरम्बु, बतासे, सचिता पोखरी, छिता पोखरी र टेम्मा गाविस० का सम्पूर्ण वडा बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।

स्थानीय बसिन्दाले यस कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ४ लाख ९२ हजार ५०० कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई इक्रा एनपी डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।

स्थानीय बासिन्दाले आयोजना स्थल, सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आइएमई बैंक, ज्योति विकास बैंक र प्रभु बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस