KBSH 2386 -9 PBD84 1065 1.7 LUK 9.21 -0.09 ADBL 367 -11.1 BHDC 583 5.4 SMPDA 910 -1 UNLB 2527 -3.9 NIMB 241.9 -9.1 RURU 740 -9.8 NBBD2085 1100 0 RSDC 735 0 NLIC 814 -13.4 CBBL 980 1 PMLI 562 1 NICGF 10.56 -0.28 CFCL 647 27.1 SFCL 704.1 63.6 NICL 990.2 -4.8 TRH 1118 -5 PHCL 465.1 -9.9 SONA 473.2 -7.8 IHL 499 -1 SEF 9.51 -0.24 JOSHI 305 -6.8 UNHPL 266 0 AKPL 248.5 -2.5 NIBLGF 9.1 0.38 SMHL 613.1 -4 SFEF 9.29 0.22 RBCL 17071 -109 SARBTM 765 -5 NICD88 1032 -21 EBLD86 1040 -2 NICGF2 8.78 -0.02 NRM 426.1 -4.9 KSY 9.22 -0.19 SAMAJ 3321.1 1.1 SHLB 1886.9 1.9 MEN 631.1 -3.9 MLBL 398 -6.9
×
थ्रीस्टार हाईड्रोपावरको आईपीओ निष्कासन मिति सार्बजनिक , कति दिने आवेदन ?



थ्रीस्टार हाईड्रोपावर लिमिटेडले वैशाख ११ गतेदेखि पहिलो चरणको आईपीओ विक्री गर्ने भएको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट १२ करोड ३१ लाख २५ हजार रुपैयाँको १२ लाख ३१ हजार २५० कित्ता साधराण सेयर निष्कासन गर्न स्वीकृति पाएको थियो ।

पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा १० प्रतिशत दरको ४ लाख ९२ हजार ५०० कित्ता र दोस्रो चरणमा विक्री हुने १५ प्रतिशत शेयरमध्ये १० प्रतिशत दरको ७३ हजार ८७५ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गर्न लागिएको हो । स्थानीयको लागनी निस्कासन हुने सेयरममा खोटङको हलेसी तुवाचुङ नगरपालिकाको वडा नम्बर १ देखि वडा नम्बर ११ सम्मका स्थानीय, दिप्रुङ चुइचुम्मा गाउँपालिकाको १ देखि ७ नम्बर वडासम्मका स्थानीयले आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीयले आवेदन दिंदा न्यूनतम १० कित्तादेखि अधिकतम ४ लाख ९२ हजार ५ सय कित्तासमम दिन सक्नेछन् भने  श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकले अधिकतम ७३ हजार ८ सय ७५ कित्ताको लागि आवेदन दिन सक्ने छन् ।

यो आईपीओ स्थानीयमा छिटोमा वैशाख २५ गतेभित्र विक्री बन्द हुनेछ भने छिटो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा ढिलो अवधि जेठ ९ गतेसम्म विक्री लम्बिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने वैशाख २५ गतेभित्रै आवेदन दिइसक्नुपर्नेछ ।

आईपीओ निष्कासनका लागि गराईएको रेटिङमा इक्रा नेपालले दायित्व वहन गर्ने क्षमतामा उच्च जोखिम रहेको इक्रा एनपी इस्युअर बी माइनस रेटिङ प्रदान गरेको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक  हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस