×
Lagani
Lagani Shiksha gif
आजदेखि कारोबारमा आउदै सगरमाथा र मोलुङ्ग हाइड्रोपावरको आईपीओ , ओपनिङ्ग रेञ्ज कति ?



बुधवार नेपाल स्टक एक्सचेञ्जमा दुई कम्पनीको आईपीओ सूचीकृत भएको छ ।

सगरमाथा जलविद्युत कम्पनी लिमिटेड र मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ नेप्सेमा सूचीकृत भएको हो। सगरमाथा जलविद्युतको १ करोड १२ लाख कित्ता र मोलुङ्ग हाइड्रोपावरको ८० लाख २५ हजार कित्ता शेयर सूचीकृत भएको हो ।  यी दुबै कम्पनीको शेयर धितोपत्रको दोस्रो बजारमा आजदेखि कारोबारमा आउनेछ् ।

Lagani Shiksha gif
sharehubapk आजदेखि कारोबारमा आउदै सगरमाथा र मोलुङ्ग हाइड्रोपावरको आईपीओ , ओपनिङ्ग रेञ्ज कति ?

नप्सेले सगरमाथा जलविद्युत कम्पनीको पहिलो शेयर कारोबारका लागि एसएमजेसी कारोबार सङ्केतका साथै प्रतिकित्ता न्यूनतम रू. १११ दशमलव ४१ देखि अधिकतम रु. ३३४ दशमलव २३ सम्मको मूल्य रेञ्ज तोकिदिएको छ ।  कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि वितरण गरिएको ११ लाख २० हजार कित्ता, सर्वसाधारणको लागि निष्कासन गरेको ४३ लाख ६८ हजार कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको ५७ लाख १२ हजार कित्ता गरी कुल १ करोड १२ लाख कित्ता साधारण शेयर सूचीकृत गराएको हो ।

त्यस्तै नप्सेले मोलुङ्ग हाइड्रोपावरको पहिलो शेयर कारोबारका लागि एमएचसिएल कारोबार सङ्केतका साथै प्रतिकित्ता न्यूनतम रू. ६० दशमलव ६२ देखि अधिकतम रु. १८१ दशमलव ८६ सम्मको मूल्य रेञ्ज तोकिदिएको छ । कम्पनीले स्थानिय बासिन्दका लागि वितरण गरेको ८ लाख २ हजार ५ सय कित्ता,सर्वसाधारणको लागि निष्कासन गरेको २७ लाख २८ हजार ५ सय कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको ४४ लाख ९४ हजार कित्ता गरी कुल ८० लाख २५ हजार कित्ता साधारण शेयर सूचीकृत गराएको हो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस