TAMOR 482.9 -2.1 MATRI 1405 -8 DORDI 429 -3.3 PRSF 9.54 -0.11 FOWAD 1479 0 SCBD 1111 6 SRLI 443.1 -4.9 HLI 472 -4 BGWT 934.9 -21.1 GBBLPO 205 0 PMLI 562 1 SJCL 326 -3.7 RADHI 397.9 7.9 UAIL 639 -1 AKJCL 209 -3 AVYAN 909 -6 MHL 725 3.5 BHL 440 -13 EBLD85 1105 5 KSBBLD87 1093.4 18.4 GLH 244 -2 SPDL 310 5 SIGS3 9.45 0.09 NIBLSTF 8.68 0 LBBLD89 1208.5 23.5 SMPDA 910 -1 PHCL 465.1 -9.9 SBL 345 -8.1 JBLB 1534 -3 RHGCL 388 0 RAWA 889 29 MEHL 380.1 -19.9 CKHL 632 -8 MEN 631.1 -3.9 NICGF 10.56 -0.28 SALICO 747 -9.1 SRBLD83 1065 -10 NMBD87/88 1027 -3 MSHL 938 3 HPPL 316.3 -3.6
×
आजदेखि कारोबारमा आउदै सगरमाथा र मोलुङ्ग हाइड्रोपावरको आईपीओ , ओपनिङ्ग रेञ्ज कति ?



बुधवार नेपाल स्टक एक्सचेञ्जमा दुई कम्पनीको आईपीओ सूचीकृत भएको छ ।

सगरमाथा जलविद्युत कम्पनी लिमिटेड र मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ नेप्सेमा सूचीकृत भएको हो। सगरमाथा जलविद्युतको १ करोड १२ लाख कित्ता र मोलुङ्ग हाइड्रोपावरको ८० लाख २५ हजार कित्ता शेयर सूचीकृत भएको हो ।  यी दुबै कम्पनीको शेयर धितोपत्रको दोस्रो बजारमा आजदेखि कारोबारमा आउनेछ् ।

नप्सेले सगरमाथा जलविद्युत कम्पनीको पहिलो शेयर कारोबारका लागि एसएमजेसी कारोबार सङ्केतका साथै प्रतिकित्ता न्यूनतम रू. १११ दशमलव ४१ देखि अधिकतम रु. ३३४ दशमलव २३ सम्मको मूल्य रेञ्ज तोकिदिएको छ ।  कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि वितरण गरिएको ११ लाख २० हजार कित्ता, सर्वसाधारणको लागि निष्कासन गरेको ४३ लाख ६८ हजार कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको ५७ लाख १२ हजार कित्ता गरी कुल १ करोड १२ लाख कित्ता साधारण शेयर सूचीकृत गराएको हो ।

त्यस्तै नप्सेले मोलुङ्ग हाइड्रोपावरको पहिलो शेयर कारोबारका लागि एमएचसिएल कारोबार सङ्केतका साथै प्रतिकित्ता न्यूनतम रू. ६० दशमलव ६२ देखि अधिकतम रु. १८१ दशमलव ८६ सम्मको मूल्य रेञ्ज तोकिदिएको छ । कम्पनीले स्थानिय बासिन्दका लागि वितरण गरेको ८ लाख २ हजार ५ सय कित्ता,सर्वसाधारणको लागि निष्कासन गरेको २७ लाख २८ हजार ५ सय कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको ४४ लाख ९४ हजार कित्ता गरी कुल ८० लाख २५ हजार कित्ता साधारण शेयर सूचीकृत गराएको हो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस