×
Lagani
Lagani Shiksha gif
उपराष्ट्रपतिका उम्मेदवार रामसहाय प्रसाद यादवलाई मतदान गर्ने कांग्रेसको निर्णय



काठमाडौं । नेपाली कांग्रेसले उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादवलाई मत दिने निर्णय गरेको छ ।

बुधबार बिहान केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले यादवलाई सघाउने निर्णय गरेको प्रवक्ता प्रकाश शरण महतले बताए। यादव जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट उमेदवार बनेका हुन् ।

Lagani Shiksha gif
sharehubapk उपराष्ट्रपतिका उम्मेदवार रामसहाय प्रसाद यादवलाई मतदान गर्ने कांग्रेसको निर्णय

यस्तै, बैठकले ६ दशकदेखि पार्टीमा रहेर राष्ट्रियता र लोकतन्त्रको पक्षमा निरन्तर योगदान पुर्‍याएका राष्ट्रपति रामचन्द्र पौडेललाई पनि बधाई दिएको छ। साथै कांग्रेसले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्न संवैधानिक निकायलाई आग्रह पनि गरेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस