SONA 473.2 -7.8 CGH 909 -5 SNLI 585.1 -0.9 RLFL 625 6.9 NABBC 631 -12 EBL 605 5 BFC 625 9.1 NIBD84 1030 -20 MEN 631.1 -3.9 SPHL 666.9 16.9 NIFRA 280 -5 MFIL 768 48 KDL 1059 16 GBLBS 738 -10 UAIL 639 -1 MHCL 410 -7 PRIN 968 4 LBBLD89 1208.5 23.5 SGHC 393.6 0.1 NMB50 10.3 0.05 UNL 48870 -930 MHL 725 3.5 ACLBSL 1035 0 NICBF 9.3 -0.08 SARBTM 765 -5 NADEP 1030 -55 SHLB 1886.9 1.9 NLIC 814 -13.4 NIMB 241.9 -9.1 STC 5908 9 NFS 1350 -43 PPCL 262 -5.2 MMKJL 543.6 9.6 NBLD85 1025 0 DDBL 916.2 3.1 SADBL 419 -1 PHCL 465.1 -9.9 ILI 483.5 -2.5 JSLBB 1513.9 38.9 NESDO 2229 -18
×
१७ लाख बढी डिम्याट खाता बन्द गराइँदै , के तपाईको पनि हुदैछ कि ? हेर्नुहोस



सेयर कारोबारको लागि खोलिएका ५५ लाख  ७७ हजार ४ सय ५७ हितग्राही (डिम्याट) खातामध्ये ३२ प्रतिशत निष्क्रिय रहेको पाइएको छ ।

सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) का अनुसार हालसम्म खोलिएका हितग्राही खातामध्ये १७ लाख ६३ हजारभन्दा बढी निष्क्रिय छन् । उक्त खातामा लामो समयदेखि कुनै पनि कम्पनीको शेयर नरहेको र नवीकरण पनि नगरिएको सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेले बताए।’ नियामकको निर्देशनबमोजिम आगामी दिनमा निष्क्रिय खाता बन्द गराउने तयारी भइरहेको छ ।’ उनले भने ।

हालको नियम अनुसार एक जना व्यक्तिले दुईओटासम्म हितग्राही खाता खोल्न पाउने व्यवस्था छ । जसकारण धेरै जनाले दुईओटा हितग्राही खाता खोल्ने तर २ वटै नविकरण नगर्ने वा नाचालाउने गरेको कारण यति धेरै खाता निष्क्रिय रहेको पाइएको हो। न्यौपानेका अनुसार हाल निष्क्रिय रहेका ३२ प्रतिशत हितग्राही खाता २०७३ सालदेखि नै सञ्चालनमा थिएनन।

सीडीएससीले आवश्यक ठाने निष्क्रिय हितग्राही खाता बन्द गरिदिन सक्ने नियामक निकाय नेपाल धितोपत्र बोर्डले जनाएको छ।सीडीएससीका अनुसार २०७३ माघ २ गतेसम्म १ लाख ५० हजार आसपास हितग्राही खाता खोलिएको थियो । तर पछिल्लो ६ वर्षमा ५४ लाखभन्दा बढी हितग्राही खाता थपिएका छन् । नेपालमा पहिलोपटक हितग्राही खाता २०६९ साउन १ गते खोलिएको सीडीएससीले जानकारी दिएको छ ।

 

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस