×
Lagani
Lagani Shiksha gif
१७ लाख बढी डिम्याट खाता बन्द गराइँदै , के तपाईको पनि हुदैछ कि ? हेर्नुहोस



सेयर कारोबारको लागि खोलिएका ५५ लाख  ७७ हजार ४ सय ५७ हितग्राही (डिम्याट) खातामध्ये ३२ प्रतिशत निष्क्रिय रहेको पाइएको छ ।

सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) का अनुसार हालसम्म खोलिएका हितग्राही खातामध्ये १७ लाख ६३ हजारभन्दा बढी निष्क्रिय छन् । उक्त खातामा लामो समयदेखि कुनै पनि कम्पनीको शेयर नरहेको र नवीकरण पनि नगरिएको सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेले बताए।’ नियामकको निर्देशनबमोजिम आगामी दिनमा निष्क्रिय खाता बन्द गराउने तयारी भइरहेको छ ।’ उनले भने ।

Lagani Shiksha gif

हालको नियम अनुसार एक जना व्यक्तिले दुईओटासम्म हितग्राही खाता खोल्न पाउने व्यवस्था छ । जसकारण धेरै जनाले दुईओटा हितग्राही खाता खोल्ने तर २ वटै नविकरण नगर्ने वा नाचालाउने गरेको कारण यति धेरै खाता निष्क्रिय रहेको पाइएको हो। न्यौपानेका अनुसार हाल निष्क्रिय रहेका ३२ प्रतिशत हितग्राही खाता २०७३ सालदेखि नै सञ्चालनमा थिएनन।

सीडीएससीले आवश्यक ठाने निष्क्रिय हितग्राही खाता बन्द गरिदिन सक्ने नियामक निकाय नेपाल धितोपत्र बोर्डले जनाएको छ।सीडीएससीका अनुसार २०७३ माघ २ गतेसम्म १ लाख ५० हजार आसपास हितग्राही खाता खोलिएको थियो । तर पछिल्लो ६ वर्षमा ५४ लाखभन्दा बढी हितग्राही खाता थपिएका छन् । नेपालमा पहिलोपटक हितग्राही खाता २०६९ साउन १ गते खोलिएको सीडीएससीले जानकारी दिएको छ ।

 

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस