×
Lagani
Lagani Shiksha gif
मोलुङ्ग हाइड्रोपावरको आईपीओमा आवेदनको ओहिरो , तपाईलाई पर्ने सम्भावना कति ?



मोलुङ्ग हाइड्रोपावरको आईपीओमा आवेदनको ओहिरो लागेको छ।

सोमवार बिहान सम्म कम्पनीको आईपीओमा १० लाख ३६ हजार ३८८ जना आवेदकले १ करोड १६ लाख ७५ हजार ४४० कित्ताका लागि आवेदन परेको छ । जुन माग भन्दा ५ दशमलव १५ गुणा बढी आवेदन हो । माग भन्दा धेरै आवेदन परेको हुदा जम्मा २१ प्रतिसत आवेदकले १० किताको दरले सेयर हात पार्ने छन् भने बाकि आवेदकको हात खालि रहने छ।

Lagani Shiksha gif
sharehubapk मोलुङ्ग हाइड्रोपावरको आईपीओमा आवेदनको ओहिरो , तपाईलाई पर्ने सम्भावना कति ?

कम्पनीले फागुन ४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले जारी पूँजी रू. ८० करोड २५ लाखको १० प्रतिशत अर्थात  रू.  ८ करोड २ लाख ५० हजार बराबरको ८ लाख २ हजार ५०० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासन गरेको छ भने २ लाख ७२ हजार ८५० कित्ता वैदेशिक रोजगारीमा गएका नेपालीका लागि र १ लाख ३६ हजार ४२५ कित्ता सामूहिक लगानी कोषका लागि साथै  ५४ हजार ५७० कित्ता शेयर कर्मचारीका लागि निष्कासन गरेको छ। कम्पनीले सर्वसाधारणको लागि २२ लाख ६४ हजार ६५५ कित्ता शेयर निष्कासन गरेको छ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ८ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। कम्पनीको आईपीओमा फागुन १० गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी प्रदान गरेको छ ।

कम्पनीले ओखलढुङ्गामा ७ मेगावाटको क्षमताको मोलुङ्गखोला जलविद्युत आयोजना निर्माण गरेको छ । कम्पनीले २०७४ चैत १२ गतेदेखि उक्त आयोजनाबाट विद्युत उत्पादन गर्दै आएको छ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस