SMFBS 1505.2 6.2 PPCL 262 -5.2 SPC 520 5 HURJA 220 -4.6 NADEP 1030 -55 CLI 634 -4.9 ANLB 4453.1 47 CHCL 568.9 -8.1 USLB 1467 -2.9 SPL 813 -12.1 TPC 465 6 PMHPL 260 -4 NLG 1317 2 NMLBBL 769 -11 GLH 244 -2 CKHL 632 -8 RHPL 364 -5.2 STC 5908 9 BBC 4255 50 H8020 10.2 -0.05 NRIC 803 -5 SAGF 9.31 0.01 SHINE 473 -1.8 MATRI 1405 -8 HBLD83 1056.3 0.3 HLBSL 1010 -10 EHPL 840 7.9 LSL 253.5 -5.5 FMDBL 758 -0.1 SWBBL 1065 2.1 NESDO 2229 -18 KDBY 9.21 -0.23 USHL 783.2 -13.7 MHL 725 3.5 SBLD89 1200 16.1 SMH 1064.8 5.9 CBBL 980 1 NIBD2082 1099 0 AVYAN 909 -6 NBF3 9.04 0.17
×
मोलुङ्ग हाइड्रोपावरको आईपीओमा आवेदनको ओहिरो , तपाईलाई पर्ने सम्भावना कति ?



मोलुङ्ग हाइड्रोपावरको आईपीओमा आवेदनको ओहिरो लागेको छ।

सोमवार बिहान सम्म कम्पनीको आईपीओमा १० लाख ३६ हजार ३८८ जना आवेदकले १ करोड १६ लाख ७५ हजार ४४० कित्ताका लागि आवेदन परेको छ । जुन माग भन्दा ५ दशमलव १५ गुणा बढी आवेदन हो । माग भन्दा धेरै आवेदन परेको हुदा जम्मा २१ प्रतिसत आवेदकले १० किताको दरले सेयर हात पार्ने छन् भने बाकि आवेदकको हात खालि रहने छ।

कम्पनीले फागुन ४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले जारी पूँजी रू. ८० करोड २५ लाखको १० प्रतिशत अर्थात  रू.  ८ करोड २ लाख ५० हजार बराबरको ८ लाख २ हजार ५०० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासन गरेको छ भने २ लाख ७२ हजार ८५० कित्ता वैदेशिक रोजगारीमा गएका नेपालीका लागि र १ लाख ३६ हजार ४२५ कित्ता सामूहिक लगानी कोषका लागि साथै  ५४ हजार ५७० कित्ता शेयर कर्मचारीका लागि निष्कासन गरेको छ। कम्पनीले सर्वसाधारणको लागि २२ लाख ६४ हजार ६५५ कित्ता शेयर निष्कासन गरेको छ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ८ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। कम्पनीको आईपीओमा फागुन १० गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी प्रदान गरेको छ ।

कम्पनीले ओखलढुङ्गामा ७ मेगावाटको क्षमताको मोलुङ्गखोला जलविद्युत आयोजना निर्माण गरेको छ । कम्पनीले २०७४ चैत १२ गतेदेखि उक्त आयोजनाबाट विद्युत उत्पादन गर्दै आएको छ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस