×
दोस्रो दिन पनि सेयर मूल्यमा गिरावट हुँदा टेस्लालाई ५० अर्ब डलर नोक्सान



न्युयोर्क- विद्युतीय कार निर्माता कम्पनी टेस्लाको सेयर मूल्यमा लगातार दोस्रो दिन गिरावट आएको छ ।

कम्पनीका मालिक एलन मस्कले गरेको एउटा मत सर्वेक्षणमा ट्विटर प्रयोगकर्ताले मस्कले १० प्रतिशत सेयर बिक्री गर्नुपर्ने बताएपछि कम्पनीको सेयरमा गिरावट आएको हो । मंगलबार ४ दशमलब ९ प्रतिशले गिरावट आएको टेस्लाको सेयर मूल्य बुधबार ९ दशमलब ५ प्रतिशतमा झरेको छ । सेयर मूल्यमा गिरावटसँगै टेस्ला इन्कलाई करिव ५० अर्ब डलर नोक्सान भएको छ । टेस्साले पछिल्लो १४ महिनाको अवधिमा यति ठूलो परिणाममा नोक्सान भएको हो ।

पछिल्लो समयमा टेस्लाबारे नकरात्मक समाचार विवरण सार्वजनिक हुन थालेका छन् । ट्विटरमा भएको एउटा मत सर्वेक्षणका मतदाताहरूले मस्कलाई १० प्रतिशत सेयर बिक्री गरेर कर तिर्न अनुरोध गरेका थिए । मस्कले करिव २१ अर्ब डलर बराबरको सेयर बेच्नुपर्ने हुन सक्छ ।

मस्कले सञ्चालन गरेको एउटा सर्वेक्षणमा ३५ लाख ट्विटर प्रयोगकर्ताले मतदान गरेका थिए । उनीहरुमध्ये ५८ प्रतिशत मतदाताले मस्कले सेयर बिक्री गर्नुपर्ने बताएका थिए । उनीहरुले मस्कलाई क्रिप्टोकरेन्सीजस्ता अन्य क्षेत्रमा लगानी बढाउन पनि मस्कलाई सुझाव दिएका थिए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस