USLB 1467 -2.9 SAMAJ 3321.1 1.1 SAGF 9.31 0.01 MKHC 339 -1 PBD84 1065 1.7 NICBF 9.3 -0.08 SFEF 9.29 0.22 MMKJL 543.6 9.6 TVCL 461 1 NUBL 730 2.8 PFL 652 -1 LSL 253.5 -5.5 UPPER 214.2 -1.8 VLUCL 588 -1.9 MBLD2085 1085 6.5 GMFIL 623 1 LBBL 475 -4.8 MHNL 265.5 -0.5 GFCL 1051.1 6 SRBLD83 1065 -10 SGIC 641.2 -4.8 PROFL 655 7 SALICO 747 -9.1 GCIL 498 -5.8 CZBIL 242 -10 LLBS 1050 5 GRDBL 743 5 SPDL 310 5 LEC 276.8 -6 SARBTM 765 -5 NMBD87/88 1027 -3 AHL 651 2 SJLIC 477 -7.5 RMF2 9.21 -0.13 NLG 1317 2 USHEC 523 -7 BPCL 449 -7 SPIL 853 -18 NICLBSL 705.5 -7.5 RFPL 532 11.1
×
लुम्बिनीका करोड बढिको नोट रद्दी बराबर



लुम्बिनीमा १ करोड बढि मुल्य बरारबरको विदेशी मुद्रा सटही नहुदा रद्दी झै थन्किएको छ ।

लुम्बिनी स्थित मायादेवी मन्दिर परिसरमा रखिएका विभिन्न दानपेटिकामा विदेशी मुद्राहरु संकलन हुने गरेको छ, संकलित ति मुद्राहरु मध्ये विनिमय नहुने वदेशी मुद्रा सटही हुन नसक्दा वर्षौंदेखि पोको पारेर राखिएको हो । करोडौ मुल्य बराबरको ती मुद्राहरु प्रयोग नभएकोले मुल्य अनुसार नभई रद्दी सरह भएको छ ।

लुम्बिनी विकास कोषले दान पेटिकामा रहेको चलनचलतीका मुद्राहरु सटही गरेपनि नेपाल राष्ट्र बैंकले चल्नचल्तीमा नरहेका नोटहरु सटही नगर्ने भएकोले सटही नभएका ३९ देशका मुद्राहरु विकास कोषले संचित गरेर राखेको छ । विभिन्न देशका ती मुद्राहरु नेपाली  १ करोड १७ लाख ९५ हजार ९ सय ६६ रुपैया बराबर रहेको लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धीचरण भट्टराईले जानकारी दिए ।

दानपेटिकाबाट संकलित रुपैया मध्ये सबै भन्दा बढि म्यानमारको ७३ लाख ४८ हजार १ सय ५८ नेपाली रुपैया रहेको छ । त्यस्तै ओमनको १७ लाख ७९ हजार, श्रीलंकाको ८ लाख १ हजार, पेरुको ६ लाख ५१ हजार, भियतनामको ४ लाख ९८ हजार, इन्डोनेसियाको २ लाख ७० हजार, कम्बोडियाको १ लाख ९० हजार नेपाली रुपैया बराबरको रहेको छ । यि बाहेक भुटान, मंगोलया, बंगालदेश, लाओस, पाकिस्तान, अजेन्टिना, अफगानिस्तान, मोरिसस, युगान्डा, इरानी, इराक, स्वस्डेन रसिया लगायतका मुद्राहरु पनि संकलन भएका छन । त्यस्तै अन्य विभिन्न देशका संकलित मुद्राहरु पनि नेपाल राष्ट्र बैंकले चल्नचल्तीमा नरहेको र साट्न समेत असहयोगका कारण सटही नहुँदा ती मुद्रा संचिती गरेर राखिएको विकास कोषले जानकारी दिएको छ ।

नेपाल राष्ट्र बैंकमा सटही गर्ने व्यवस्था नभए पनि हरेक पटक दानपेटिकामा भएका मुद्रा गणना गर्ने गरिएको छ । आर्थिक वर्ष २०७१–०७२ देखि पुष ७ गते २०७९ सम्ममा यि ३९ देशका मुद्राहरु संकलन भएपनि तत्काल सटही नहुने भएकोले छुट्याएर राखिएको छ ।

संकलित मुद्रा मध्ये राष्ट्र बैंकले खरिद–बिक्री गर्ने मुलुकको सटही हुने मुद्रा रकम तत्काल लुम्बिनी विकास कोषको कारोबार हुने बैंकमा पठाइने गरिएको छ, सटही नहुने रकमको विवरण र अभिलेख बनाई राख्ने गरिएको कोषका कोषाध्यक्ष भट्टराइले भने । संकलित मुद्राहरु लामो समय सटही नहुँदा कतिपय कुहिने अबस्थामा पुगेका छन् ।

सटही नहुने मुद्राको विनिमय नेपाल राष्ट्र बैंक मार्फत मात्रै हुने सम्भावना रहेकोले कोषले बारम्बार पत्राचार गर्ने गरेको छ । राष्ट्र बैंकले चासो नदिएको कारण वर्षैा देखि ती मुद्राहरु संचिती गरेर राख्ने गरिएको छ । अर्थमन्त्रालयमा पनि भेटीको रकम विनिमयका लागि सहकार्य र प्रयत्न गरिरहेका छौ । विकास कोषले मोनाष्ट्रीहरुसँग समन्वय र सहकार्य गरेर साट्न सकिने बैकल्पिक व्यवस्था निकालेपनि सरकार, मोनाष्ट्री र राष्ट्र बैंक साक्षी बसेरमात्रै यो सम्भव हुने देखिन्छ । लुम्बिनी विकास कोषले भेटी वापत उठ्ने रकमबाट करारका कर्मचारीहरुलाई तलब र अन्य व्यवस्थापनको काममा खर्च गर्दै आएकोे छ ।

नेपाल राष्ट्र बैक प्रादेशिक कार्यालय सिद्धार्थनगरका अनुसार लुम्बिनी विकास कोषको अनुरोधमा राष्ट्र बैक मार्फत विदेशी मुद्रा कलेक्शनको लागि पठाउने व्यवस्था छ । सैधान्तिक रुपमा कलेक्शन गरी साट्ने व्यवस्था छ, कोभिड अगाडि सटिएपनि पछिल्लो २–३ वर्ष देखि पत्राचार नभएको बताए । राष्ट्र बैकको बैंकिङ विभागमा लुम्बिनी विकास कोषले प्रक्रियागत रुपमा पहल गरे पनि साट्न मिल्ने नोटहरु साट्न सकिन्छ ।

सहायक निर्देशक रमेश न्यौपानेले हामीले साट्न मिल्ने मुद्राहरु यही साटेपनि चलनचल्ती बाहेकका मुद्राहरु नोटहरु काठमाण्डौ पठाएर कलेक्शनका लागि पठाउन सकिने बताए । यो देशको यो यो दरको नोटहरु यो नम्बरको छ भनि विस्तृत खुलाएर राष्ट्र बैंकलाई अनुरोध गरे हामीले पहल गरिदिने बताए । हामीले सटही गर्न नसकेपनि मुद्रा सटहीको लागि केन्द्रमा अनुरोध गर्ने बताए । विदेशी मुद्रा कलेक्शन गरेर नोटहरु सम्बन्धित ठाँउमा पठाउने हुन्छ सबै साटिन्छ भन्ने पनि हुदैन त्यसको मापदण्ड अनुसार नोटको हकमा सटिने व्यवस्था भएपनि सिक्काहरु भने सटही नहुने उनले भने ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस