SRBLD83 1065 -10 USHEC 523 -7 SARBTM 765 -5 NIBLSTF 8.68 0 VLUCL 588 -1.9 MBJC 321 -8 SWMF 812 -13 NICD88 1032 -21 ICFC 823.9 74.9 USLB 1467 -2.9 RIDI 235 0 PPL 461 -2.5 CBBL 980 1 LLBS 1050 5 TRH 1118 -5 SBLD84 1040 19.3 PFL 652 -1 PROFL 655 7 SNMAPO 190 0 NABBC 631 -12 SFMF 10.2 -0.2 API 289.5 2.5 MFLD85 1050 -20 SEF 9.51 -0.24 JOSHI 305 -6.8 SAMAJ 3321.1 1.1 MATRI 1405 -8 UNL 48870 -930 MFIL 768 48 FOWAD 1479 0 PBLD87 1028 -2 NLO 242.1 0 H8020 10.2 -0.05 NMBD87/88 1027 -3 PBD88 1102.1 2.1 SPC 520 5 BPCL 449 -7 RURU 740 -9.8 UNHPL 266 0 KRBL 613 0
×
प्रतिपक्षमा रहने गरी विश्वास मत दिने कांग्रेसको निर्णय, गगन-विश्वप्रकाश असहमत



नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।

मंगलबार नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो । तर, विश्वासको मत दिए पनि कांग्रेस प्रतिपक्षमा बस्ने भएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले बिहान बसेको पदाधिकारी बैठकमा प्रचण्डलाई विश्वासको मत दिने प्रस्ताव गरेका थिए । तर, पदाधिकारीहरूले आपत्ति जनाएपछि सर्वसम्मत निर्णय हुन सकेन । संसद् भवनमै बसेको कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको हो ।

तर, बैठकमा महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, अर्जुननरसिंह केसी, बलबहादुर केसीले फरक मत राखेका थिए । कार्यसम्पादन समितिको बैठकपछि अहिले संसदीय दलको बैठक बसेको छ ।

आगामी राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखको निर्वाचनलाई ध्यानमा राख्दै कांग्रेसले यस्तो निर्णय लिएको हुन सक्ने एक केन्द्रीय सदस्यले बताए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस